Advertisement
SKIP THIS
अनमी बोहराकाे मृत्यु पछि आदर्श गाउँपालिकाले गर्ने तिज विषेश कार्यक्रम स्थगित

निराकरण खबर डोटी: नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आदर्श गाउँपालिकाले आयोजना गर्ने भनिएको तिज बिशेष कार्यक्रम स्थगित गरेको छ ।

आदर्श गाउँपालिका वडा नं ६ गिरीचौका स्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी जानकी बोहरा खडायतको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि उनको शोकमा तिज बिशेष कार्यक्रम स्थगित गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाले जानकारी दिईन ।

गाउँपालिकाले भदौ ११ गते पालिका स्तरिय तिज बिशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । गाउँपालिकाले बिहीवार सुचना जारी गर्दै सम्बन्धित शाखामा शोक सभा राखिएकाले तिज कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको छ ।

मृतक अनमी बोहरा उच्च रक्तश्रापका कारण जिल्ला अस्पताल डोटीमा मृत्यु भएको थियो । बोहराको मृत्यु पछि बिहीबार गाउँपालिकामा शोक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया