Advertisement
SKIP THIS
अछाममा मानसिक सन्तुलन ठिक नभएकी सासू कुट्ने दुई बुहारी पक्राउ

अछाम:मानसिक सन्तुलन ठिक नभएकी सासू कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।अमानविय व्यवहार गर्दै सासुमाथि कुटपिट गर्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको हो।

पञ्चदेवल विनायक नगरपालिका-६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन। सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने बोल्न सक्दैनन् । उनका श्रीमान्‌ चुडामणि न्यौपाने अपाङ्ग भएको बुझिएको छ।

तपाईको प्रतिक्रिया