Advertisement
SKIP THIS
डोटीमा उप-मेयर कप महिला तीज प्रतियोगिता हुने

निराकरण खबर डोटी:डोटीमा जिल्ला स्तरीय उप(मेयर कप महिला तीज प्रतियोगिता आयोजना गरिने भएको छ । महिलाहरुको महानचाँड हरितालिका तीजको अवसरमा जिल्ला स्तरीय तिज प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

दिपायल सिलगढी नगपालिका, भैरब प्रसाद गण र त्रिवेणी एफएमको संयुक्त आयोजनामा भदौ ७ गते देखि १४ गते सम्म हुने कार्यक्रममा तीज खेल प्रतियोगितासँगै, दर खाने कार्यक्रम र डेउडा गीत प्रतियोगिता हुने आयोजकले जनाएको छ। भदौ ७ र ८ गते कबड्डी प्रतियोगिता, ९ र १० गते भलिबल प्रतियोगिता , १० र ११ गते फुटबल प्रतियोगिता टुँडीखेलमा हुने आयोजकले जनाएको छ।

त्यस्तै १० गते सिलगढीमा र ११ गते दिपायलमा महिलाहरुलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने छ ।
दरखाने कार्यक्रम सिलगढी टुँडिखेल र दिपायल स्थित दिल्पेश्वर मठमा हुनेछ । कार्यक्रममा भैरब प्रसाद गणले मेडीकल क्याम्प पनि राख्ने जनाएको छ ।

जिल्ला भरका महिलाहरु बीच भेटघाट हुने, आपसमा सुख दुःख बाँडफाँड हुने र खेल क्षेत्रमा पनि उहाँहरुको सहभागिता हुने भएपछि प्रतियोगिताको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का बिजय झ बताए । उनले भने ,झतिज उत्सवले समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला शसक्तिकरणमा सघाउ पुर्‍याउनेछ ।ु उनले थपे ,झकला, संस्कृती ,रितिरिवाज, चालचलन , भेष भुसा झल्काउने खालका कार्यक्रमलाई नगरले निरन्तरता दिनेछ ।

तीज विशेष कार्यक्रम र प्रतियोगिता खेल, संस्कृति, सभ्यता र स्वास्थ्य सँग जोडिएको भैरब प्रसाद गणका गणमती प्रमुख सेनानी जनमत कार्किले बताए। प्रतियोगितामा सहभागी हुन चाहने टिमले भैरब प्रसाद गण र दिपायल सिलगढी नगरपालिकामा गएर टीम दर्ता गर्न सक्ने कार्कीले बताए ।

प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट महिलाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सबै विधाका खेलमा पुरस्कार र प्रमाण पत्रको दिने व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई १५ हजार , द्वितिय हुनेलाई १० हजार र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया