Advertisement
SKIP THIS
प्रचण्डका  घरबेटी शारदाको बञ्चरेडाँडा सडक निर्माणको ठेक्का खोसियो

काठमाडौं: नुवाकोटको तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का रद्द भएको छ। उक्त सडक निर्माणको जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरपट्टी समेत रहेका शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई ८ वर्षअघि दिइएको थियो।

सरकारले ठेक्का तोड्ने निर्णय गरे पनि अदालतको आदेशका कारण रोकिएको थियो। मंगलबार ललितपुर जिल्ला अदालतले गरेको आदेशले ठेक्का रद्द गर्ने निर्णय सदर भएको हो। अदालतको आदेशसँगै सडक विभागलाई १ करोड ५५ लाख जरिवानासहित तीन वर्ष कालोसूचीमा राख्ने बाटो पनि खुलेको छ।

गत असार ८ गते सडक विभागले शैलुकलाई दिएको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो। तर शैलुङ कन्स्ट्रक्सनले दायर गरेको मुद्दामा अदालतले अन्तरिम आदेश दिँदै ठेक्का रद्द गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सडक विभागलाई निर्देशन दिएको थियो।

यो सडकखण्डको ८ किलोमिटर सडक फोहोर विसर्जनका लागि प्रयोग हुने गरेको छ। सडकको अवस्थाका कारण फोहोर लैजाने गाडीलाई समस्या हुने गरेको छ।

तपाईको प्रतिक्रिया