Advertisement
SKIP THIS
बिश्वप्रकाशको उद्घोष झापाबाटै चुनाव लड्छु

काठमाडौँ:नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले संघीय निर्वाचनमा झापाबाटै उम्मेदवार हुने बताएका छन् । बुधबार सामाजिक सञ्‍जाल ट्‍वीटरमा ट्‍वीट गर्दै शर्माले आफु झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।

‘झापामै उम्मेदवार बन्नेछु’ उनले ट्‍वीट ‘प्रेम उता घरजम यता कुरै हुन्‍न ।’

‘फेरि प्रस्ट्याउँ- बागमतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो ! तर मान्छे म मेची र निन्दा किनारकै हो’ उनले लेखेका छन् ‘काठमाडौँ-५ मा चुनाव प्रचारमा पुग्‍ने छु नै ! तर उम्मेदवार बन्‍न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर ।’

तपाईको प्रतिक्रिया