Advertisement
SKIP THIS
प्रहरीको गाडी पल्टिदा एक जनाको मृत्यु, ५ जना घाइते

रुकुमपूर्व:रुकुमपूर्वमा प्रहरीको गाडी पल्टिदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगंगा गाउँपालिकाको ११ नम्बर वडा तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको पुथा उत्तरगंगा गाउँपालिका ५ नम्बर वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।

उनका अनुसार गाडीमा चालकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी र अन्य गरी ६ जना सवार थिए । नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी सुदन आचार्यसहित अन्य ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया