Advertisement
SKIP THIS
बिहानै काठमाडौं उपत्यका सहित आसपास भुकम्पको धक्का

काठमाडौं:काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर २७ मिनेट जाँदा नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको बताइएको

यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हल्लाएको साथै खोटाङ र भोजपुरमा केही पुरा घर भत्किएका थिए ।

तपाईको प्रतिक्रिया