Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाले मेशिनद्वारा गरिएको काममा मान्छेले काम गरेको भनी ११ लाख बढी भुक्तानी गर्यो

निराकरण खबर अछाम :अछामको चौरपाटी गाउँपालिकाले मेशिनद्वारा गरिएको काममा मान्छेले काम गरेको भनी ११ लाख बढी भुक्तानी गरेको पाईएको छ।

गाउँपालिकाले २०७८ असार २३ गते खेलमैदान निर्माणमा मेशिन प्रयोग गरेपनि मान्छे प्रयोग गरेको भनेर ११ लाख ९ सय १४ रुपैया भुक्तानी गरेको महालेखाको २०७९ को प्रतिबेदन उल्लेख गरिएको छ ।सार्वजनिक खरिद नियमावली, २०६४ को नियम मा अनुसूची १ बमोजिमको ढाँचामा आईटम दररेट हिसाब गरेर, लागत अनुमान तयार गर्नुपर्ने उल्लेख छ।

अनुसूची १ अनुसार आईटम दररेट राख्दा श्रमिकहरुको खर्च निर्माण सामग्री र उपकरण खर्च राखी, उक्त आईटमको दररेट निकाल्नु भएपनि कार्यालयले खेलमैदान निर्माणका लागी उपभोक्तासँग मेशिनले असी प्रतिशत तथा मान्छेले बिस प्रतिशत कार्य गर्ने गरी दर विश्लेषणका आधारमा दर कायम गरी योजना सम्झौता गरेको तर संलग्न कार्य सम्पन्न तथा नापी किताबमा, उपभोक्ताले मान्छेले गरेको कार्य नापजाँच भएको छैन महालेखाले भनेको छ।

मान्छेले कार्य नगरी बिस प्रतिशत मान्छे मूल्य कायम गरी उपभोक्ता समितिलाई ११ लाख ९ सय १४ रुपैया बढि भुक्तानी गरेको महालेखाको प्रतिबेदन उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया