Advertisement
SKIP THIS
काठमाडौंमा रागोलाई गोली हानियो

काठमाडौं:काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको भन्दै एउटा राँगोलाई गोली हानी मारिएको छ । आज बिहान साढे ७ बजेतिर राँगो मारिएको हो ।

थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो । सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो ।

‘करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिर्यो । त्यो कम्पाउण्डमा छिरेको पनि चार घण्टापछि गोली हानेर मारियो,’ थानकोट प्रहरीका डिएसपीले भने ।

प्रहरीका अनुसार राँगोले कसैलाई घाइते भने बनाएको थिएन । तर मानवीय क्षति पुर्याउन सक्ने सम्भावना देखिएपछि मार्नु परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया