Advertisement
SKIP THIS
मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई १ महिना सम्म ढुंगा बोकाउने

प्रकाश बम डोटी:डोटीको केआई सिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना ढुङ्गा वडा कार्यालयसम्म बोकाउने निर्णय गरेको हो। 

वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् फरक किसिमको कारबाही गर्ने निर्णय गरेको वडा अध्यक्ष दिल बहादुर बलायरले हाम्रा कुरालाई बताए । 

उनले भने ,´जेठ १२ गते मदिरा वडामा बन्द गर्ने निर्णय गरेका हौँ । मदिरा जुवा तास बन्द गराउँदा गाउँ समाजमा झैझगडा, शान्ति हुने छ।´ उनले थपे ,´अन्य कारबाहीले खासै समाधान नहुने हुँदा सार्वजनिक ठाउँमा ढुङ्गा बोकाउँदा लाजले पनि नगर्ला भनेर यस्तो निर्णय गर्न बाध्य भएका हौँ । यो निर्णय केही नियन्त्रण भएको छ।गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी होल्ड राख्नु पर्ने निर्णय समेत गरेका छौं ।´

तपाईको प्रतिक्रिया