Advertisement
SKIP THIS
मंगलसेन नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अछाम:१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मंगलसेन नगरपालिका स्तरिय छनोट प्रतियोगिता शोडषा माध्यमिक विद्यालयमा शनिबार सुरु भएको छ ।

शोडषा माध्यमिक विद्यालयका प्राचार्य मदन बहादुर कुवरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगरपालिका कार्यवाहक नग रप्रमुख बृख बहादुर बोगटी प्रमुख अतिथि रहनु रहेका थिए।

प्रमुख अतिथि बोगटीले खेलकुदले हरेकलाई चिनाउने भएकाले खेलाडीलाई लगनशील भएर खेलप्रति प्रतिबद्ध भएर लाग्न आग्रह गरे।

जिल्ला खेलकुद विकास समिति अछामका अध्यक्ष केशर खड्का बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई अछामका निमित्त प्रमुख मदन बिष्ट, मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल लगाएतका अतिथि रहेका थिए ।

नगरका ११ विद्यालयले प्रतियोगितामा सहभागीता जनाएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया