Advertisement
SKIP THIS
कर्मचारीलाई सम्झाईएको मात्रै हो:मन्त्री आलेको सचिवालय

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मातहतका कुनै पनि कर्मचारीलाई आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई गालीगलौज गरेको समाचार सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ।

मन्त्री आलेलाई जोडेर आएका समाचार झुठो भएको दाबी गर्दै सचिवालयले ‘आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभीको फुटेज उपलब्ध गराउन सक्ने’ बताएको छ। ‘निगम कार्यकारी अध्यक्षसँगको प्रसँगमा माननीय मन्त्रीज्यूले स साना काममा पनि निर्देशन दिनुपर्ने, सचेत गराउनु पर्ने, सम्झाउनु पर्ने क्रम निरन्तर रहेकाले एकपटक मात्र नभई बारम्बार दर्जनौंपटक निर्देशन दिनुपरेको अवस्था आजसम्म कायमै रहेको छ’ विज्ञप्तिमा भनिएको छ।

मन्त्री आलेको सचिवालयले ‘गालीगलौजका सम्बन्धमा कानुनले निषेध गरेको गोपनियताको हकको उल्लंघन गर्दै मन्त्रीसँग निगम सुधार सम्बन्धित नितान्त दुईपक्षीय वार्ता तथा सम्वाद रेकर्ड गर्दै विभिन्न दलका नेता, दलाल, वायर व्यापारी, सञ्चारकर्मीलाई पठाउने काम निरन्तर गरिएपछी कार्यकारी अध्यक्षलाई धेरैपटक सम्झाउँदा पनि नमानेको’ बताएको छ। त्यसैगरी कार्यकारी अध्यक्षको व्यक्तिगत चरित्रमाथि निगम भित्रैबाट थुप्रैपटक महिला कर्मचारीले मन्त्रालयमा उजुरी समेत गरेको आरोप लगाइएको छ।

तपाईको प्रतिक्रिया