Advertisement
SKIP THIS
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाईने

काठमाडौं: सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि कुनै पनि सडक खन्न अनुमति नदिने जनाएको हो।

वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक नखन्न सडक विभागले निकालेको सूचनामा भनिएको छ।

कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया