नवलपरासी: स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुन: कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् ।
संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।
संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत रहेका बास्तोला ४२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । बास्तोलाकै नेतृत्वमा पोखरामा २०६८ सालमा स्वतन्त्र पत्रकार संघ जन्मिएको थियो ।