Advertisement
SKIP THIS
निद्रा लाग्ने ३ घण्टे भाषण

भरत बिष्ट टीकापुर:बाजुराको बूढिगंगा नगरपालिका वैशाख ३० गते निर्वाचनको दिन एमाले बुथ कब्जा गरेको निर्वाचन आयोगको स्थलगत निरीक्षण प्रतिवेदन पश्चात् प्रमाणित भएको छ । केही वडामा मतदान केन्द्रमा झडप समेत भएको थियोे । जनताको प्रतिकारले असफल र स्थगित भएको थियोे ।

हिजो निर्वाचन आयोगले हिजो निर्वाचन रद्द गरेको छ । 2054 को स्थानीय निर्वाचन जस्तै धाधली बुथ कब्जा गरेर जित्ने नियत प्रयत्न आज भण्डाफोर भएको छ । बाजुरामा सुरक्षाकर्मी कमिकमजोरी मतदान अधिकृतको कमजोरी देखियो कार्वाहीको लागि निर्वाचन आयोगले सिफारिस भएको छ ।

पूर्व प्रधानमन्त्री प्रतिपक्ष दलका नेता ओलीले हिजो संसदमा गरेको ३ घण्टा लामो भाषण निर्वाचनको बारेमा गरेको टिप्पणी ठीक विपरीत छ । देशभर अहिलेसम्म धाधली भएको छ भने एमालेबाट भएको छ,थुप्रै प्रमाण छन् । चुनावमा हारजित हुन्छ, जिते अहंकार देखाउने कसैलाई मान्छे नै नभन्ने नमान्ने अनि हारेपछि छट्पटी कस्तो चरित्र ?खुब राम्रो भाषण गरे जस्तो लागेको होला लाजमर्दो ।

जयजयकार भजनमण्डली दास कार्यकर्ता पनि कस्ता हुन् कट्टु खुस्किएको थाहा नपाउने अझै ओलीलाई देवता मान्ने दासताबाट ग्रसित मानसिकता ।

तत्कालीन एमाले त नभनौ नेकपा(ओली)सरकारले ल्याएको नीति कार्यक्रम नै देउवा सरकारले प्रस्तुत गर्‍यो चोर्‍यो भन्ने त्यहीँ नीति तथा कार्यक्रम चस्नी नभएको तेलमा तारेको जेरी जस्तो भनेपछि के बोले भन्ने महसुस नगर्ने लाचारी कपटपूर्ण कुरा छरपस्ट थियोे र सत्ता च्युत हुँदाको विक्षिप्त मानसिकबाट ग्रसित स्पष्ट बुझ्न् सकिन्छ ।

दुई दुई पटक विघटन गरेको संसदमा ३/३ घण्टा मिथ्या कपोकल्पित अपशब्द छि छि दुर्वाच्य प्रधानमन्त्री भैसकेको व्यक्तिबाट त्यो स्तरको प्रस्तुति लज्जास्पद,हास्यास्पद र खेदपूर्ण छ ।

पररर गडगडाहट ताली पिट्ने माननीय सांसदहरू देख्दा पो आश्चर्य लाग्छ । सरकार राज्य राज्यका निकाय नीति विधिऐनकानुन र संविधान अनुसार चल्नुपर्छ । कस्तो नीति अपनाउँदा सुशासन समृद्धि हासिल गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण कार्यक्रम केही छैन् ।

सार्वभौम संसद भनेको नीति निर्माण गर्ने थलो हो । सरकारले गरेको गल्तीको विरोध गर्नु आलोचना गर्नु सामान्य कुरा हो तर विषयान्तर गरेर पट्याएर लाग्दो ३ घण्टे अन्टरसन्टर दुराग्रह सत्ता मोह स्पष्ट बुझ्न् सकिन्थ्यो । हिजो दुइचोटी त्यहीँ संसद विघटन गर्न सम्झनु पर्ने थिएन र ? आज त्यहीँ हत्या गरेको संसदमा ३ घण्टा भाषण ठोक्ने । चुनाव चुनाव चुनाव ई…!

मोदीको लुम्बिनी भ्रमण ३० मिनेटको कार्यक्रममा निदाउने र्‍याल चुहाउने प्रम देउवा ३ घण्टा ओलीको मिथ्या अपशब्द गाली गजोल सुनेर संसदमा कसरी बसे होलान् ? प्रधानमन्त्री देउवाले के के चुहाउनु भयो होलान् ? पररर ताली ।

तपाईको प्रतिक्रिया