Advertisement
SKIP THIS
गगनकुमार थापाको क्षेत्रमा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

सांसद समेत रहेको थापाको क्षेत्रमा पर्ने काठमाडौंको बुढानिलकण्ठ नगरपालिका एमालेका उम्मेदवार मिठाराम अधिकारी मेयरमा निर्वाचित भएका हुन् ।

अन्तिम मतगणना अनुसार अधिकारी १४ हजार २५० मत भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए ।

त्यस्तै एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२, स्वतन्त्र उम्मेदवार सुमित खरेलले १ हजार ३०८ राप्रपाका निना भेटवालले १ जार ३९ र माओवादी केन्द्रका डम्बरबहादुर अधिकारीले ६५९ मत ल्याए ।

उपमेयरतर्फ पनि एमालेकै अनिता लामा निर्वाचित भएका छन् । उनले १४ हजार ३१४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए ।

त्यस्तै राप्रपाका चम्पादेवी अधिकारीले १३१२ र माओवादी केन्द्रकी कमला गौमतले ८२७ मत ल्याए ।

तपाईको प्रतिक्रिया