Advertisement
SKIP THIS
आजदेखि हप्ताको दुई दिन बिदा

काठमाडौ:आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ ।

सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । 

छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया