Advertisement
SKIP THIS
युवा नेता गोकुल भाटद्धारा जिल्ला सदस्य पदमा उम्मेद्धारी घोषणा

अछाम:नेपाली कांग्रेस अछामका युवा नेत गोकुल भाटले जिल्ला सदस्य पदमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेस अछामको ७ औँ जिल्ला अधिबेशनमा जिल्ला कार्य समिती सदस्य पदमा उम्मेद्धारी रहने नेता भाटले बताए ।

नेपाली कांग्रेस अछामलाई ससक्त रुपमा अघि बढाउन र सबै तहका आम निर्वाचनमा पार्टीलाई जिताउन आफुले भुमिका खेल्ने भन्दै जिल्ला सदस्य पदमा उम्मेद्धारी घोषणा गरेको बताए ।

नेपाली कांग्रेस साँफेबगर नगर कार्य समितीका पूर्व सभापती समेत रहेका युवा नेता भाटले परिपक्क र युवाको सयूक्त जिल्ला कार्य समिती बन्नु पर्ने भन्दै आफुले उम्मेद्धारी घोषणा गरेको बताए ।

पार्टी बलियो र चलायमान बनाउन युवाको खाँचो रहेको भन्दै नेता भाटले आफुले जिल्ला सदस्यमा उम्मेद्धारी दिएको बताए । नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि फागुन १५ गते मंगलसैनमा हुदैछ ।

तपाईको प्रतिक्रिया