Advertisement
SKIP THIS
एमसीसीबारे नबोल्ने हो भने एमाले किन चाहियो ,भीम रावल

काठमाण्डौ,नेकपा एमालेले १६६ दिनदेखि संसद अवरुद्ध गरिरहेका बेला सोही पार्टीका नेता भीम रावलले भने आइतबार संसदीय प्रक्रियामा सहभागिता जनाए । पार्टीले संसद अवरुद्ध पारिराखेका बेला रावलले सभामुखसँगै समय मागेर संसदमा बोलेपछि एमालेभित्र हंगामा भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतले भीम रावल संसदमा बोलेकोप्रति असन्तुष्टि जनाएका छन् । पार्टीले संसद अवरुद्ध पारिराखेका बेला रावलले त्यसरी बोल्नु पार्टीको नीति विपरीत रहेको भन्दै भट्टराई लगायतका सांसदले सभामुखलाई भेटेर असन्तुष्टि जनाएका हुन् ।

उता एमाले नेता भीम रावलले भने सभामुखसँग समय मागेर बोलेको र फेरि पनि सभामुखले आफूलाई बोल्न दिनुपर्ने प्रतित्रिया जनाएका छन् । बरु एमालेजस्तो जिम्मेवार दलले एमसीसीमा मोन बस्न नमिल्ने रावलको भनाइ छ । एमसीसीमा मौन बस्नु भनेको एमसीसीलाई समर्थन जनाउनु हो भन्ने रावलको आरोप छ ।रातोपाटीबाट सम्पादित अंश

तपाईको प्रतिक्रिया