Advertisement
SKIP THIS
एकीकृत समाजवादी फुटको संघारमा,झलनाथ खनाल सहित भिम रावल नयाँ पार्टी खोल्दै

काठमाडौँ:नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसद्मा जबर्जस्ती अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गरेर संविधान मिचिएको बताएका छन् । संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

संविधानको व्यवस्था भन्दा बाहिरबाट संसदमा एमसीसी टेबल गरेर गलत काम भएको समेत उनले दाबी गरेका छन् । उनले भने,‘संविधानमा संघीय ऐन बनाएर मात्रै सन्धि सम्झौता संसद ल्याउन र अनुमोदन गर्न मिल्ने भनेको छ । संघीय ऐन नै नबनाई संविधान मिचेर जबरजस्ती टेबल गर्ने काम भयो । यो संविधान विरोधी काम हो।’

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद नचलेको बेला दीर्घकालीन महत्त्व र राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयलाई जबर्जस्ती प्रस्तुत गरिनु लज्जास्पद विषय भएको खनालले बताएका छन् ।
रिपोर्टर्स नेपालबाट

तपाईको प्रतिक्रिया