Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका अटो रिक्सा चलाउन अनिवार्य दर्ता गर्नुपर्ने

निराकरण सम्वाददाता अछाम:साँफेबगर नगरपालिकामा दर्ता नभएका अटो रिक्सा चलाउन नपाईने भएको छ।साँफेबगर नगरपालिकामा सञ्चालन हुने अटो रिक्साहरुलाई व्यवस्थापन गरी नगरको आवश्यकता, ट्राफिक व्यवस्थापनमा सहजता, बजार व्यवस्थापन गर्न तथा सवारी यात्रु सवारी चालक, सवारी धनीहरुको हित प्रवर्द्धन गर्दै स्थानीय यातायात सुरक्षा र नियमन गर्न ल्याईएको बिध्येकमा उल्लेख छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (४) (ट) को अधिकार कार्यान्वयन गर्न नेपालको संविधानको धारा २२६ बमोजिम साफेबगर नगर सभाले अटो रिक्सा दर्ता ,सञ्चालन तथा ब्यवस्थापन ऐन बनाएको हो।

साफेबगर नगरपालिका क्षेत्रमा अटो सञ्चालन गर्नका लागि नगरपालिकाबाट अनुमती लिनुपर्ने बिध्येकमा उल्लेख गरिएको छ।

छिमेकी स्थानीय तहमा रुट इजाजत प्राप्त अटो रिक्साले बिरामी उपचारका लागि लिएर आएको अवस्था बाहेक सिमा क्षेत्रबाट १ किलोमिटर भन्दा बढी क्षेत्रमा अटो रिक्सा ल्याउन नपाईने र बिरामी ल्यायर आएको रिक्साले बिरामी बाहेक अन्य यात्रु लियर जान नपाईने बिध्येकमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया