Advertisement
SKIP THIS
अछाम आक्रमणको आज २० बर्ष,पुरिएन युद्धका डोबहरु

तारामान खड्का अछाम:अछाम आक्रमणको आज २० बर्ष पुगेको छ । तत्कालीन बिद्रोही पक्ष माओबादी फाल्गुन ४ गते अछाम जिल्लाको सदरमुकाम र साफेबगरमा एकै पटक आक्रमण गरि ध्वस्त पारेको थियो । आक्रमणबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री सहित नेपाली सेना, नेपाल प्रहरी र सर्बसाधारण गरि १ सय ४९ जनाले ज्यान गुमाएका थिए ।

५३ जना सेना ,५९ जना प्रहरी, दुईजना निजामती कर्मचारी र ८ जना सर्वसाधारण समेत गरी जम्मा १२२ जनाको मंगलसेन र सोही रात साँफेबगरमा विमानस्थल सुरक्षार्थ खटिएका २७ जना गरि कुल १ सय ४९ जनाले ज्यान गुमाएका थिए ।आक्रमणबाट सदरमुकाम मंगलसेन र साफेबगरका सबै सरकारी कार्यलय,साफेबगर एयरपोर्ट र अछाम अछाम दरवार ध्वस्त भएका थिए ।

अछाम आक्रमणको त्यो,कहालि लाग्दो रात यसरी सम्झछन ,घटनाका प्रत्यक्षदर्शी

हामी राती सुतिरहेका थियौ, एक्कासी गोली बारुदका आवाज आउन थाले,घर माथीबाट गोली गईरहेका थिए,हामी बाच्छौ जस्तो लागिरहेको थिएन, भगवानको कृपाले बाचीयो,त्यो घटना सम्झदै मंगलसेनका स्थानिय समेत रहेका पत्रकार शिवराज ढुंगाना भन्छन। रातभरी भएको भिडन्त उज्यालो हुदाँ रोकीयो माओबादीका लडाकु फीर्ता गएको देखियो अब त शान्ती भयो होला भनेको तर त्यसो भएन, हेलीकप्टरबाट आएका तत्कालीन शाही सेनाले स्थानियलाई कुट्ने, धम्काउने काम गरे ।

घटनाका अर्का प्रत्यक्षदर्शी अछाम दरवार नजीकै बिगत ३० बर्ष देखि ब्यापार गर्दै आएका मंगलसेनका तुलाराम भाट त्यो रातलाई कतिबेला पनी बिर्सन नस्कने बताउछन ।त्यो रात सम्झदै भाट भन्छन त्यो दिन त बाचुला जस्तो लागेको थिएन, अब त कहिल्यै मरिदैन जस्तो लाग्छ,सुरुमा सानो आवाज आयो त्यसको १५ मिनेट पछि गोली बमका आवाज मात्रै आउन थाले,त्यस्तो आवाज कहिल्यै नसुनेको,खाट हामीले त्यो रात बितायौ, बिहान उज्याले भयो, तर जलीरहेका संरचना, बारुदको मुस्लोले केही देखिएको थीएन,सेनाका हेलीकोप्टर समेत बस्न सकेनन् ३ ४ फन्को लगाएपनी बस्न नसकेपछी बजार भन्दा तल गएर बस्यो,घटना सम्झदै भाट भन्छन, रातमा त पिडा भोगीयो तर बिहान सेना आएपछि झन पीडा भोगियो,सुतेका अवस्थामा समेत सेनाले स्थानिय केही लाई मारिदियो ।

यता सोही रात साफेबगरमा समेत माओबादीले आक्रमण गरि सबै सरकारी संरचना ध्वस्त पारेको थियो घटनामा परि साँफेबगरमा विमानस्थल सुरक्षार्थ खटिएका २७ जना को समेत मृत्यु भएको घटनामा प्रत्यक्षदर्शी रुद्र कुँवर भन्छन,

                                                   अछामका ५७ जना अझै बेपत्ताको सुचिमा
माओबादीले सुरु गरेको द्धोदको बेला तत्कालीन बिद्धोही माओबादी र सरकार पक्षबाट अछामका ५७ जना बेपत्ता पारिएका, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको तथाङ्कमा उल्लेख छ ।

छोरा एक दिन पक्कै आउला भन्दै कुरेकी आमाको कारुणादायी पिडा

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका ३ बर्दादेविका मात्रै ४ जना बेपत्ता रहेका छन । बेपत्ता भएका छोराको दिलीप ठकुल्लाको बाटो कुर्दा कुदै १८ बर्ष पुग्यो तर छोरा आएन भाबुक बन्दै अछाम बान्नीगढी जयगढ गाउँपालीका ३ बर्दादेविका ८० बर्षीय बृद्ध खन्टी ठकुल्लाले भनीन्, उनी भाबुक बन्दै केही बोल्न सकीनन् । जीर्ण घरमा एक्लै बस्दै आएकी ८० बर्षीय बृद्ध खन्टीको बुढेसकालको साहारा कोही छैन।

आक्रमणका २० बर्ष सम्म के पायो अछामले

आक्रमणका २० बर्ष सम्म पुग्दा समेत अछाम जिल्लाले जुन उदेश्यका साथ आक्रमण भयो त्यो लाभ पाउन सकेको छैन ।साफेबगरमा रहेका सरकारी कार्यलय आक्रमणबाट धोस्त भएपछी पुन स्थापित हुन नसकेका नेपाली कांग्रेस अछामका नेता राम बहादुर कुँवर बताउछन । साफेबगरमा रहेका खाद्य संस्थान,खानेपानी कृषि सामाग्रीका कार्यलय दोन्द पछि सदरमुकाम मंगलसेन सरे , स्थानियले पटक पटक माग गर्दा पनी कार्यलय आएनन् कुँवरले भने।

माओबादीहरु आफु धनी भए आफ्नै लागी अरुका छोराछोरी मारे, कयौका सिन्दुर पुछिए,कयौले आफ्ना साहारा गुमाए, तर के पाए,अछामको बान्नीगढी जयगढ गाउँपालीका १ का रोहीत खड्का भन्छन, माओबादी सत्तामा गयो,सत्तामै रमायो , माओबादी नेता नजीकका आसेपासेले ५ पुस्तालाई पुग्ने पैसा कमाए, जनताले केहि नपाएको खड्काले बताए।

बनेन  अछाम दरवार 

बाह्र बर्षमा त खोला पनि फर्कछ भन्थे, तर तेह्र बर्ष सम्म पनि अछाम दरवार निमार्ण सम्पन्न हुन सकेको छैनमाओबादी शान्ती प्रक्रीयामा आयर पछि आक्रमणबाट ध्वस्त भएका सबै कार्यलय निर्धारित समय भन्दा केही समय ढिलो भएपनी निमार्ण सम्पन्न भएका छन । बाह्र बर्षमा त खोला पनि फर्कछ भन्थे, तर तेह्र बर्ष सम्म पनि अछाम दरवारले पुर्णता पाउन सकेको छैन ।

२०६५ मै सुरुबाट दरबार पुनर्निर्माणको काम सरु भएको थियो । पुनर्निर्माणको काम सरु भएको केहि समय पछि दरवारको पुन निमार्ण ७ वर्षदेखि अवरुद्ध भयो । फेरी ०७५ भदौ पहिलो सातामा सुरु भएको दरवारको पुन निमाणको काम अझै सम्पन्न हुन सकेको छैन।
अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालिन राजा टीका भुक शाहको पालामा निर्माण सुरु भइ उनका छोरा दलबहादुर शाहको पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको हो भन्ने इतिहास छ ।

सरकारले ०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको अछामी ईतिहास रहेको छ । योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रिको व्यवस्था मिलाएको बताइन्छ। तीन तले दरबारमा ३० कोठा थिए । माटोको नभएर मासको गारो बनाएर दरबार निमार्ण गरीएको थियो।

ठेकदारको लापरवाहीले अछाम दरवारले पुर्णता पाउन नसकेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी बताउछन । ठेकदार समेत राननितीक दलमा जोडिएका कारण कसैको भनेको नटेर्न, बिभीन्न बाहाना गरेर काम ढिला सुस्ती गर्ने गरेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीनै बताउछन ।

राजेन्द्र,साउँद,तुलसी दुर्गा,कुँवर बडीमालीका जेभीले २०६५ सालमा दरवार निर्माणको लागी २ करोड २५ लाखमा ठेक्का पाएमा थिए । पुनर्निर्माणको काम सरु भएको केहि समय पछि दरवारको पुन निमार्ण ७ वर्षदेखि अवरुद्ध भयो । फेरी ०७५ भदौ पहिलो सातामा सुरु भएको थियो । अहीले सम्म १ करोड १२ लाख भुक्तानी भईसकेको सघन सहरी तथा भवन निमार्ण आयोजना दिपायलका कार्यालय प्रमुख घनश्याम श्रेष्ठले बताए ।

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । अछाम दरवार पुन निमाणको लागि तोकीएको समय यही चैतमा सकिदैछ , अहिल्यैकाम गर्ने हिवासले हेर्ने हो भने अछाम दरवार पुन निमाणको कार्य सकिन अझै केही बर्ष कुर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया