Advertisement
SKIP THIS
सभामुखले बोलाए सर्वदलीय बैठक, एमाले भने सहभागी हुने/नहुने छैन टुंगो 

काठमाडौं:सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भने सहभागी हुने/नहुने टुंगो छैन । एमाले सभामुखप्रति रुष्ट छ । एमाले नेताले सभामुखको राजीनामा समेत माग्दै आएका छन् ।

तपाईको प्रतिक्रिया