Advertisement
SKIP THIS
बल्ल बास्तविक लडाई सुरु भयो,अध्यक्ष ओली

काठमाण्डौ :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश र परमादेशका बीचको वास्तविक लडाई सुरु भएको बताएका छन् । ‘स्थानीय तह निर्वाचन प्रक्षिण तथा अभिमुखीकरण’ कार्यक्रमको शुक्रबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन सरकार परमादेशवाला र एमाले जनादेशवाला भएको भन्दै अब यी दुईबीच लडाईं सुरु भएको बताएका हुन् ।

‘आज जनादेशमार्गी लोकतन्त्र जो हामीले अपनाएका छौ र परमादेशमार्गी प्रतिगमनकारी षडयन्त्रका बीच वास्तविक लडाई अब सुरु भएको छ । यो जनादेश र जन अभिमत बीचको लडाई सुरु भएको छ यस लडाईलाई हामीले बुझ्नुपर्दछ’, ओलीको भनाई छ ।

वास्तविक लडाईंको मैदानमा आफुहरु प्रवेश गरेको भन्दै यो लडाई स्थानीय चुनावबाट सुरु भएर संघ प्रदेशसम्म कायम रहने बताए । उनले पवित्र जनमतले अब हुने निर्वाचनबाट देशलाई शुद्ध पार्ने भन्दै खन्चुवाहरुको सरकारबाट देशलाई मुक्त गर्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया