Advertisement
SKIP THIS
जागिर छाडेका पूर्वसुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउने तयारी

काठमाडौंः सरकारले जागिर छाडेको १० वर्षभित्रका पूर्वसुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा खटाउने तयारी गरेको छ। यसका लागि उनीहरूको विवरण तयार गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

आज गृह मन्त्रालयमा भएको स्थानीय तहको निर्वाचन सुरक्षासम्बन्धी छलफलमा गृहका अधिकारीहरूले विवरण राख्न निर्देशन दिएका हुन्।

“जागिर छाडेको १० वर्ष भएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न भनिएको छ। उनीहरूलाई निर्वाचन सुरक्षामा खटाएर काम गरेबापतको सेवा–सुविधा दिने विषयमा छलफल भएको छ। निर्वाचनको सुरक्षामा तालिमप्राप्त जनशक्ति हुँदा त्यसको प्रभावकारिता देखिन्छ भन्ने भयो’ बैठकमा सहभागी एक अधिकारीले भने।

यसबाहेक म्यादी प्रहरीको भर्ना छुट्टै लिने विषयमा समेत छलफल भएको ती अधिकारीले बताए।

तपाईको प्रतिक्रिया