Advertisement
SKIP THIS
ओली र प्रचण्ड एकैचोटि बालुवाटारमा

काठमाडौं:प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार गएका छन् ।

दुई नेता करिब ३० सेकेण्डको फरकमा बालुवाटार छिरेका हुन् ।

एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ओलीसँग सम्पर्क गरेका थिए । प्रधानमन्त्रीले प्रचण्डसहित राखेर ओलीसँग छलफल गर्न लागेका हुन् ।

एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा पेचिलो बन्न थालेकाले प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ ।

बालुवाटारको यो छलफललाई अर्थपूर्ण मानिएको छ । ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार पुगेका हुन् ।

तपाईको प्रतिक्रिया