Advertisement
SKIP THIS
बर्दियामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु

बर्दिया:बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

सोमबार बेलुका ८ बजे भे१क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घरअगाडि आगो तापिरहेका पाँच जनालाई एकैसाथ ठक्कर दिएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङहोममा राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगन्ज नर्सिङहोममा उपचार भइरहेको छ

तपाईको प्रतिक्रिया