Advertisement
SKIP THIS
प्रतिनिधी सभा सदस्य माननिय राम बहादुर बिष्ट महाधिबेशन प्रतिनिधीमा पराजित

अछाम:नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत अछाममा भएको निवार्चनमा प्रतिनिधी सभा सदस्य माननिय राम बहादुर बिष्ट महाधिबेशन प्रतिनिधीमा पराजित भएका छन् ।

महाधिबेशन प्रतिनिधी खुल्ला पदका उम्मेद्धार रहेका कांग्रेसका पुराना नेता एवंम प्रतिनिधी सभा सदस्य रहेका बिष्ट पराजित भएका हुन् ।

उनको र कांग्रेस अछाम क्षेत्र नं। २ का निर्वतमान क्षेत्रिय सभापती लक्ष्मण बहादुर शाहको बराबरी मत आएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथाबाट शाहले बाजी मारेपछि माननिय बिष्ट पराजित भए ।

बिष्ट र शाहले बराबरी ३ सय ८७ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया