Advertisement
SKIP THIS
कमलबजार नगरपालीकाद्धारा सरकारी ढुकुटीको मनोमानी खर्च, महालेखा

अछाम:अछामको कमलबजार नगरपालिकाले नियम विपरीत करार कर्मचारी नियूक्ति गरी राज्यकोषको दुरुपयोग गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८३ढ८० वमोजिम पालिकाले नगर प्रहरी,सवारी चालक,कार्यालय सहयोगी,पलम्बर,इलेक्टीसियन,चौकिदार,मालि,बगैँचे लगाएतका पदमा मात्र करारवाट सेवामा लिन सकिने ब्यवस्था गरेको छ ।

तर कमलबजार नगरपालिकाले दरबन्दी बेगर तोकिएको बाहेकको सहायक कम्प्यूटर अपरेटर भन्दै १० कर्मचारी नियूक्ति गरी वडा सचिबको रुपमा खटाई आर्थिक बर्ष ७७र७८ मा २३ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ मा उल्लेख गरीएको छ ।

यसरी नियम बिपरीत करारमा कर्मचारी भर्ना गर्दा नगरपालिकाको आर्थिक ब्ययभार थपिएको प्रतिबेदनमा उल्लेख गरीएको हो ।

यस्तै करारमा कर्मचारी नियूक्ति र करार सम्झौता कार्यालय प्रमुखले गर्ने कानुनी ब्यवस्था भएको भएपनि वडा नः ५ का अध्यक्ष नन्दराज चलाउनेले खेलकुद प्रशिक्षक नियूक्त गरी कार्यालय प्रमुखले निजको तलब भत्ता मार्फत १ लाख ३९ हजार ५ सय ९० रुपैँया भुक्तानि लिएको पाइएको छ ।

खेलकुद प्रशिक्षको दरबन्दी स्विकृत दरबन्दीमा नभएको भएपनि वडा अध्यक्ष चलाउनेले दरबन्दी बाहेकको पदमा नियूक्त गरी नियम बिपरीत राज्यकोषको रकम खर्च गरेको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

यस्तै नगरपालिकामा रहेका स्वास्थ्य सँस्थाहरुमा नियम बिपरीत करारका कर्मचारी नियूक्त गरेको पाइएको छ । स्थानिय सरकार सञ्चालन एैन २०७४ को दफा ८३ मा स्थानिय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको बिष्लेशण गरी संगठन तथा सर्बेक्षणको आधारमा स्थाई प्रकृतिको कामका लागी सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताब गर्नुपर्ने र अस्थाई दरबन्दी सिर्जना गर्न नपाईने उल्लेख गरीएको छ ।

तर मष्टाबण्डाली स्वास्थ्य चौकी,मुली स्वास्थ्य चौकि,कुईका स्थास्थ्य चौकीमा ब्यवस्थापन सर्बेक्षण बिना स्वास्थ्य चौकीले आफै दरबन्दी सिर्जना गरी स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्षले करारका कर्मचारी भर्ना गरेको पाइएको छ । नियूक्त गरीएका कर्मचारीलाई वडा कार्यालयको सिफारीसमा नगरपालिकाले रकम भुक्तानी गरेको पाइएको छ । अस्थाई दरबन्दी सिर्जना गर्ने अधिकार नभएका पदाधिकारीहरुले कर्मचारी नियूक्त गरी नगरपालिकाले जम्मा ३ लाख १२ हजार नियम बिपरीत भुक्तानि दिएको प्रतिबेदनले देखाएको छ । उक्त रकम पनि बेरुजु देखिएको छ ।

तपाईको प्रतिक्रिया