Advertisement
SKIP THIS
खस भनेका को हुन ?

शशीधर भण्डारी:सभ्यताको इतिहास आज पनि गम्भीर खोज र अनुसन्धानको विषय नै बनिरहेको छ । इतिहासकारहरूको अथक मेहनत खोज र अनुसन्धानले केही तत्थ्यहरूलाई हाम्राअगाडि ल्याएको छ । ती तथ्यहरू नै आज हाम्रो अतीतलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने ऐनाजस्ता भएका छन् । प्राज्ञिक मानव समुदायको चियागफमा प्राय यो भनाई एउटा कहावतका रुपमा लिने गरिन्छ : “जसले इतिहास जान्दैन, त्यसले वर्तमान बुझ्दैन, जसले वर्तमान नै बुझ्दैन त्यसले भविष्य जान्दैन” । यसले मानव जातिको व्यावहारिक जीवनमा समेत इतिहासले ठूलो प्रभाव पार्दछ भन्ने बताउँछ तर वास्तविकता यो छ कि इतिहासको बुझाई भविष्यको बुझाइ वा आँकलनभन्दा कठिन छ ।

मानव जातिको इतिहासमा पृथ्वीमा मानवको उत्पत्ति भएपछिको एउटा लामो काल आउँछ । इतिहासकारहरूले त्यसलाई करिब दश लाख वर्षको अवधिको काल मानेका छन् ।

१ आदिम कालको लामो अवधिमा पृथ्वीमा रहेका मानवका बीचमा कुनै जातीय विभाजन थिएन । राज्य र त्यसका सीमाहरू पनि थिएनन् । मानव जाति छोटा–छोटा गण, गोत्र, कविला अवस्थामा रहन्थे ।
२ मानव जातिको विकासमा असाध्यै ढिलो गतिमा अगाडि बढेको देखिन्छ ।
३ पुरातत्वविद्हरूले मानव जातिले प्रयोग गरेका उपकरणहरूको सामग्रीलाई हेरेर युगहरूको विभाजन गरेका छन् । ती हुन्– पाषण युग, कास्य युग र लौह युग । यो विभाजनलाई प्रयाप्त मानिँदैन किनभने इतिहासको सबभन्दा लामो युग नै आदिम युग थियो ।
४ पुरातत्वविद्हरूले आजको मानव सभ्यतालाई नै छक्क पार्ने केही प्राचीन मानव सभ्यताको इतिहास पत्ता लगाएका छन् । जस्तो मिश्रको सभ्यता, मया सभ्यता, इगियन सभ्यता, सिन्धु सभ्यता, होवाङ्हो नदीको सभ्यता, ग्रिक, टाइग्रिस र युफ्रेटिस सभ्यता आदि पर्दछन् । ग्रीकबाट त आजको विश्व नै ऋणी छ । मिस्र विश्वको सबभन्दा प्राचीन सभ्यताको केन्द्र मानिन्छ ।
५ यिनै मानव सभ्यताको विकासक्रमसँग राज्य साम्राज्य र जातिहरूको अस्तित्व तथा विकास भएको पाइन्छ । यही राज्य, साम्राज्य र जातिहरूको विकास क्रममा प्राचीन बेविलोनियाको कक्साइट साम्राज्यको पनि ठूलो महत्व रहेको छ ।
कस वा कक्साइट खस जातिकै प्राचीन नाम हुन् ।
६ पश्चिम एसियाको मानव समाजको विकासमा यो जाति लडाकु, बुद्धिमान, चतुर र बिजेता जातिको रुपमा परिचित भइसकेको थियो । लगभग २९०० ई. पू. मा सुयोग्य सुमेरियोबाट आएको एउटा कविला जातिले स्थापित गरेको सम्यतामा एकजना हम्बुरावी भन्ने राजा थिए । यो १००० वर्ष ई.पू. को कुरा हो । त्यतिबेलाको प्रचलित हम्बुरावी कानुनमा “जस्तालाई त्यस्तै, खुनको बदला खुन”
७ भन्ने विधानमा आधारित न्याय प्रणाली थियो । यिनै हम्बुरानीका उत्तराधिकारी समसुलुनाले खस आक्रमणबाट जोगिन विशाल किल्ला बनाएका थिए । खसहरूको आक्रमण जारी रह्यो ।
सन् १७०० ई.पू. देखि ११५५ सम्म कसहरूले त्यही बेविलोनियामा विजय प्राप्त गरेका थिए । ई.पू. १७०० देखि ११५५सम्म कसहरूले त्यही बेविलोनियामा शासन गरे भन्ने ऐतिहासिक तत्थ्यहरू पाइन्छन् । यो जाति राज्य सञ्चालनको लामो अनुभवी र विधानमा समाजलाई परिचालन गर्न खोज्ने दक्षिण पश्चिम एसियाको पहिलो जाति मानिन्छ । खासस्तान, बडाखसान, हिन्दकुस, काशगर, कश्मिर खसाला, खसमण्डल, खसान आदि । भौगोलिक नामले खस समुदायका पूर्व प्रयाणका पद चिन्ह दर्शाउँछन् । खसहरू आर्य भएपनि वैदिक आर्य होइनन् ।
८ यिनीहरू ईसापूर्व प्रथम शताब्दतिर भारत वर्षमा प्रवेश गरेका थिए र ईसाको पाँचौ शताब्दीतिर पश्चिम नेपालमा प्रवेश गर्न थालेका थिए ।
९ यो तत्थ्यले नेपालमा अहिले बाक्ला–बाक्ला तथा अन्य जातिहरूसित घुलमिल भई बाक्लै वस्तिमा रहेका आर्य खसहरू (बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, आर्य दलित) बाह्रौ शताब्दीमा मात्र नेपाल आएका जाति हुन् । यहाँका रैथाने जाति होइनन् भन्ने कतिपयको तर्कले इतिहासका यी तत्थ्य प्रमाणहरूसित मेल खादैनन् । बाह्रौ शताव्दीको प्रारम्भतिर त नागराजले सिञ्जालाई (जुम्ला) खस साम्राज्यको राजधानी बनाइसकेका थिए ।
१० पश्चिम नेपालको सिञ्जालाई खस साम्राज्यको राजधानी बनाएर यो जातिले पन्ध्रौँ शताब्दीको आरम्भसम्म करिब ३०० वर्ष शासन गरेको कुरा इतिहास बोल्दछ । नागराज क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि खस राजाहरूले पश्चिम नेपालमा साम्राज्य कायम गरेका थिए । पृथ्वी मल्लको राज्यकाल (वि.स. १३९५–१४४५) खस साम्राज्यको इतिहासमा उत्कर्ष र अवसानको दोसाध मानिएको छ ।
११ पृथ्वी मल्लको अन्तिम समयतिर विखण्डित हुन थालेको खस साम्राज्य मलाय वर्माको राज्यकाल (वि.स. १४३५–४६) पछि बिलायो ।
१२ यसरी ई.पू. प्रथम शताव्दीतिर बेविलोनिया हुँदै पश्चिम एसियामा विस्तार हँुदै भारतवर्ष छिरेका र ईसाको पाँचौँ शताब्दीतिर कश्मीरबाट पहाडको कछाडै–कछाड कमाउँ गढवाल हँुदै पश्चिम नेपाल छिरेका खसहरूको साम्राज्य बिलाए तापनि नेपालमा हजारौँ वर्ष पुरानो रैथाने अस्तित्व खस जातिको पनि छ । खस साम्राज्यका सरकारी दर्जा तथा कर्णाली प्रदेशका गाउँहरूबाट उत्पत्ति भएका छन् ।
सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
जस्तै† अधिकारी : दशको हाकिम
कार्की : राजस्व अधिकृत
भट्ट : राज पुरोहित वा धर्माधिकारी
भण्डारी : राजकीय कोषको प्रमुख
लेखक : लेखक
महतरा : ग्राम प्रमुख
रोकाया : महतराको सहयोगी
थापा : सैनिक दर्जा
खड्का :सैनिक दर्जा
राना : सैनिक दर्जा
बुढा : सैनिक दर्जा
बुढाथोकी : सैनिक दर्जा
कर्णाली प्रदेशका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
…………………………….
खस साम्राज्यमा प्राप्त दर्जा र गाउँहरूको नाउँबाट नेपालका खसहरूको थर निर्धारण भएको परिदृश्यमा खसहरू यहाँका आदिवासी नभएपनि पुराना रैथाने हुन् भन्ने कुरामा कुनै विवाद गर्ने आधार देखिदैन । पुराणहरूमा नेपाललाई जम्मुद्विप भनिएको छ । नेपाल प्राचिनकालबाटै भारतीय आर्य ऋषिमुनिहरूको तपोभूमि तथा खस राजाहरूको विहार गर्ने स्थानका रुपमा प्रचलित छ । किराँत राजाले कुरुक्षेत्रको लडाईमा भाग लिएको भन्ने श्रुतीले पनि नेपाल भूमिमा खस प्रवेश नयाँ हो भन्ने आधार देखाउँदैनन् । महाभारतका एकजना पात्र दुर्योधनले आफू खस भएकोमा गौरव गर्दथे । पाण्डवहरू विराटनगरमा विराट राजा कहाँ १ वर्ष गुप्तवास बसेका थिए । विराटनगर विराट राजाका नामले नै विराटनगर नाम रहेको हो भन्ने श्रुती पनि छ । खस जाति भनेका बाहुन, क्षेत्री, ठकुरी हुन् । जस्तै† पाण्डे, शाही, थापा, बस्नेत, विष्ट, कुँवर १३ आदि सम्पूर्ण त्यसमा पर्दछन् । वर्तमान कुमाउँ मण्डल खस मा (कस्साइट) बताइँने पश्चिम एसियाई पर्वतीय जातीको विशाल लीला क्षेत्रको पूर्वी भाग थियो ।

१४ अरबीमा कस्मियन सागरलाई बहरै कस्सर भनिन्छ । जसको अर्थ कस्सहरूको सागर भन्ने हुन्छ । यस्तै कस्स जातिको उपनिवेश कस्सीर कालान्तरमा कश्मीर बन्न गयो । बैदिक साहित्यमा यो जातिलाई काश भनिन्थ्यो । असुरहरूसित रक्त मिश्रण भएपछि यो जातिलाई ब्राम्य भन्न थालियो । रामायण महाभारतलगायतका हिन्दू पुराणहरूमा यो जातिलाई खस या कस भनिएको छ । मनुस्मृतिमा खस जातिलाई धर्मच्यूत मानिएको छ । कुमाउँमा राजपुत कालमा आप्रवासी जातिहरूले खसहरूको संस्कार र भाषा खस कुरालाई आत्मसाथ गरे । उन्नाइसौँ शताब्दीको आरम्भमा ब्रिटिस शासकहरूले कुमाउँ, गढवालको आधाभन्दा धेरै जनसङ्ख्यालाई खस या खसिया मुलुक नामाङ्कन गरे ।

१५ इतिहासमा एउटा प्रभावशाली जातिका रुपमा रहेको खस जातिको बारेमा आधुनिक इतिहास ग्रन्थमा केही उल्लेख पाइँदैन । यहसम्म कि खस कुरा खस शब्द, शब्दकोषबाट पनि लोप हुदै गएको थियो ।

१६ यसबाट के देखिन्छ भने यो जाति आÇनो भाषा, संस्कृति, संस्कार र जातीयतामा त्यति कट्टर भएको पाइँदैन । यो जातिले हिन्दुकरणसँगै एउटा परिवेशमा बर्णाश्रम धर्म अपनायो तर त्यसलाई पनि अहिले क्रमश: छोड्दै गएको पाइन्छ । यसको निवास्थान कहाँ हो ? यी आज कहाँका रैथाने मानिन्छन् त ? भन्ने प्रश्नमा हिन्दी शब्दकोशले दिएको व्याख्यानुसार यो गढवालको उत्तरको प्रदेशको निवासी नेपाल आदि देशमा रहने वाला ब्राम्य क्षेत्री जाति १७ भन्ने उल्लेख छ । यसबाट कुमाउँ गढवाल र नेपालको विशेषत: पहाडी भाग, पर्वतहरूको काख खस जातिको मातृभूमि या निवासभूमि हो भन्ने प्रष्ट हुन्छ । धर्म, सम्प्रदाय, संस्कृति आदिमा त्यति कट्टर नभएको यो जाति नेपाल प्रवेश गरेपछि बौद्धकरण हुन र यहाँका जनजातिहरूको संस्कृतिसँग घुलमिल भई जनजातिका कैयौँ संस्कृतिलाई अबलम्बन गर्न त्यति कठिनाइ रहेन । यहिले इतिहासको एउटा परिवेशमा खस जातिले अबलम्बन गरेको बर्णाश्रम धर्मलाई समयको गतिसँगै तीब्र गतिमा परित्याग गर्दै गएको पनि देखिन्छ ।

नेपाली खस

भारतवर्षमा प्रवेश गरेपछि वैदिक आर्यहरूसँग सम्पर्क हुन जाँदा खस आर्यहरू पनि बर्ण व्यवस्थातर्फ आकर्षित भए । प्राचीन खसहरू ब्राम्हण बन्ने प्रक्रिया प्राचीन पौराणिक कालमा मात्र सीमित भयो । मध्यकालमा सत्तामा पुगेका खसहरू ठकुरी बने । खसहरू तागाधारी क्षेत्री बन्ने चलन कायमै छ । तागाधारीमा परिवर्तित नभएका मतवाली क्षेत्री वा पावइ खस भनिन्छन् । खस आगमनपहिले भारतीय मैदानी भागबाट आएका ब्रामण र राजपुत आ–आÇना समकक्षीसँग घुलमेल भएर बसेका हुन् ।१८ खस आगमनपहिले पश्चिम नेपाल टुक्रा–टुक्रामा विभाजित थियो । अहिलेको सेती–महाकाली अञ्चल कुमाउँका शासकका अधिनमा थिए । मगरातमा मगर मुखियाको शासन थियो । गण्डकी प्रदेशको उत्तरी भागमा गुरु· जातिका कविला राज्यहरू थिए । कुमाउँ, गढवाल र नेपालको पश्चिम भागमा जुम्लामा रहेका खसहरूको मध्य तथा पूर्वी पहाडी नेपालतिरको प्रवेशले खस भाषा, खस सभ्यता र खस साम्राज्यलाई नै नेपालभरी विस्तार गर्‍यो । जुम्लाको सिञ्जालाई राजधानी बनाई त्यहाँबाट फैलिएका खसहरू (बाहुन, ठकुरी, क्षेत्री र शुद्र) लाई जुम्ली तथा कुमाउँलाई राज्य बनाएर बसेका र त्यहाँबाट पश्चिम नेपाल हँुदै मध्य तथा पूर्वतिर छिरेका खसहरूलाई कुमाइ खस भन्ने प्रचलन अहिले पनि छ । जस्तै† उदाहरणका लागि पर्साइ, सिटौला, ओली,कुमाई हुन् भने रिजाल, भण्डारी, पण्डित आदि जुम्ली हुन् । खसहरूको आगमनले नेपालमा रहेको कविला जनजातीय राज्य कब्जासँगै खस भाषा र खस संस्कृतिलाई विस्तारै स्थापित गराएको देखिन्छ ।
खस र किराँत
खस र किराँत दुई भिन्न रगत होइनन् । ती दुवै एकै किङिगज (किर र काशी) महाजातिका दुई साखा हुन् । किराँतहरूभित्र लासा गोत्रका लेम्मु (लेय आझ अर्थात् सौहिक मूलका लिम्बुका पूर्वज) ले प्रवेश गर्नुभन्दा पहिले किराँतको काशी गोत्र थियो । मध्य एसियाको किङिगज किर (किराँत) र गिज (काशी) को साभा विभेद विन्दु हो । त्यहाँबाट विभक्त हुनु पूर्व ती दुवै एक थिए ।१९
खस र लाङ्घालीहरू
खस जातिको प्राचीन इतिहासलाई हेर्दा खस र लाङ्घालीहरू (मगर आदि) को सम्बन्ध पनि अनादीकालिन बन्धकका रुपमा देखिन्छ । अहिले हस्तिहरूको उत्थानको युगमा अनेकौँ काशी (खस) हरू गज (नाग अथवा ला·ा) मा परिणत भएका थिए । आदित्य मित्तानी युगमा खस (गज) हरू पृथ्वीका सबै दिशामा दिग्गजका रुपमा तैनाथ भएका थिए । पछि नेपालका कैयौँ लाङ्घाली जाति खस जातिमा प्रवेश गरेका थिए । नेपालका खसको बिहेमा मगर नास्ती र मगरको बिहेमा खस नास्ती भन्ने प्रचलन छ । यो प्रचलन असाध्यै पुरानो प्रचलन हो । यसले खस र लाङघाली (मगर आदि) का बीचमा असाध्यै लामो सामाजिक सम्बन्ध भएको देखाउँछ । पराक्रमको आधारमा कतिपय लाङ्घालीहरू खसमा रुपान्तरण भएको र कतिपय खसहरू लाङ्घालीमा रुपान्तरण भएका प्रशस्त ऐतिहासिक तथ्यहरू र जनश्रुति पाइन्छन् । अहिले हामीले नेपाली समाजमा खस बाहुन र लाङ्घालीहरूका थरमा पनि समानता पाउँछौं । जस्तै† बराल, थापा, खड्का, लामिछाने, बुढाथोकी, भण्डारी आदि लाङ्घाली र खस दुवै जातिका थर हुन् । जनश्रुतीलाई मान्ने हो भने त बुढाथोकी मगरहरूले अझै पनि कहिँ–कहिँ आफुलाई खसको सन्तान भन्न हिच्किचाउदैनन् । बालकृष्ण पोख्रेलका अनुसार मगर र खसको नाता धेरै सन्निकट छ । आज केही खसहरूलाई पावइ अर्थात् मतवाली क्षेत्रीका रुपमा पाउँदा र उहिले केही मगरहरूलाई राजसि (ब्राम्हण, नरेस) का रुपमा पाउँदा सन्निकटताको यो पक्ष प्रष्टिएर आउँछ ।
खस र त·गण
स्थुलरुपमा तामाङ (त·ण) अथवा अस्वगणभित्र नेवार, तामाङ, थारू, गुरु· र थकालीलाई पाउँछौँ । उहिले केही काशी खसहरूले पनि अस्वगणभित्र प्रवेश गरेका थिए भन्ने कुरा घोडाबाजी फ्रान्सेली शब्द गाजी (तुलनीय संस्कृत बाजी) ले पनि प्रदान गर्दछ । यसबारे पहिलो भागको सातौँ अध्यायमा विशेषरुपले भनिएको छ । केही खसहरू (चन, थकाली, अधिकांश नेवार देउभाजु आदि ) ले त·ण समाजमा प्रवेश गरेका छन् । लाखे थरका नेवाहरू लाङ्घाली मूलका ठहरिनु सम्भव भए झै बैद्य थरका नेवारहरू विशुद्र तमुगण मूलका ठहरिनु सम्भव छ । भन्नाले तङगण समूहका नेपाली र खसहरूका बीचमा पनि रगतको दोहोरो आदान–प्रदान भएको छ ।२२ यसबाट के देखिन्छ भने आर्यरुपी खस जाति र मङ्गोलियनका बीचमा रक्तसम्बन्धमात्र होइन, जातीय समागम भएको पनि देखिन्छ । केही किराँतहरूले अहिले पनि आफूहरूलाई तागाधारी वा जनै लगाउँने जातिका रुपमा दावी गर्दैछन् । जनै लगाउन पनि थालेका छन् । बरु संस्कृति र परम्परामा त्यति कट्टर नभएको खसले जनै लगाउँने परम्परालाई विस्तारै छोड्दै गएको देखिन्छ ।
खस भाषा
बेबिलोनियाको अभिलेखबाट कस वा खस भाषाका ३०० जति शब्द र कसहरूले पुज्ने गरेका ३० वटा देवदेवीका नाम जानकारीमा आएको बताइएको छ । कस अर्थात् खसहरू बाल्लीक प्रदेशमा आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ । ख्यातिप्राप्त भाषा शास्त्री जि.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी र केन्द्रीय पहाडी गरी ३ भागमा बाँडेका छन् । पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिइएको छ । खस साम्राज्यमा सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो । पछि गएर सबै बाहिसे र अधिकांश चौबिसे राज्यको राज्य भाषा नेपाली हुन गयो । यो २२ खस वा नेपाली भाषा विश्वका एक दर्जन सजिला र वैज्ञानिक भाषाभित्र पर्दछ । यो भाषाको विकास पनि निकै द्रुत गतिमा भएको देखिन्छ । आज हामीले नेपाली भाषाका रुपमा बोलिँने खस भाषा यही अवस्थामा थिएन । साहित्य, संस्कृति र कलाको क्षेत्रमा समेत समृद्ध हँुदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाट फैलिँदै आसाम र वर्मा तथा भूटानसम्म फैलिएको छ । विकास भएको र सजिलो भाषा हँुनाले र नेपालमा खस राज्यको साम्राज्य कायम भएको हुँनाले पनि यो भाषालाई अन्य भाषाभाषीहरूले ग्रहण गरेको र विस्तार भएको देखिन्छ । २०५८ को जनगणनानुसार ४८.६१ प्रतिशत नेपाली जनताले आÇनो मातृभाषा नेपाली बताएका छन् । अन्य मातृभाषा बोल्ने जनजातिहरूले पनि नेपाली भाषालाई कामकाजी र दोस्रो भाषा बनाएका छन् । यसबाट नेपाली या खस भाषा देशका बहुसङ्ख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रुपमा स्थापित भएको छ । जसरी संस्कृत भाषालाई स्थापित गराउँने राज्य तहबाटै जोड दिइरहँदा पनि संस्कृत भाषा जटिल भएको कारणले जनजिब्रोमा स्थापित हुन सकेन । नेपाली या खस भाषा विस्तार वा स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका साथ–साथै भाषामा रहेको सरलता पनि हो ।
नेपालको खस अङ्ग
नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक ,बहुसांस्कृतिक र बहुजातीय मुलुक हो । नेपाली समाजका विविध अङ्गहरू छन् । जस्तै† लिम्बु, याखा राई, हायु र सुनुवार, झै, किराँतहरू, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा र राजी, झै, लाङ्घालीहरू, नेवार, तामा·, गुरुङ र थारू झै त·णहरू केही हिमाली, राव, तराइलीहरू । यी अनेकौं अङ्गहरूमध्ये खस नामक अङ्गले पनि नेपाली हुँनुमा गौरव मान्दै आएको छ ।२४ नेपालको एकीकरण राष्ट्रिय एकता तथा अङ्ग्रेजी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा नेपालको इतिहासमा खस जातिले बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएको छ । नेपालको वर्गीय मुक्ति र सामाजिक मुक्ति आन्दोलनमा पनि खस जाति महत्वपूर्ण भूमिकामा रहेको देखिन्छ । वर्गीय समाजमा यो जाति इतिहासको शासक मात्र होइन, शासित र उत्पीडित रैतीका रुपमा पनि रहँदै आएको छ ।
सामाजिक इतिहासमा खस
माथि नै बताइसकिएको छ कि खसहरू आर्य हुन् तर वैदिक आर्य होइनन् । एक समय खस साम्राज्यको राज धर्म बौद्ध थियो । राजा भारदार र सामान्य प्रजासमेत बौद्ध धर्ममा प्रवल आस्था राख्थे ।२५ तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिए भने कुमाउँ र गढावालका हिन्दूहरूका अगाडि खसहरूले आफुलाई शङ्करका भक्तका रुपमा उभ्याउँथे । खसहरूमा कुनै धार्मिक वा रिवाजमा कट्टरता थिएन । त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दूकरण हुन असहज नभएको देखिन्छ । कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको र संस्कारमा समेत उदार हुनाले कुमाउँ गढवाल हुँदै नेपाल पसेको खस जातिले नेपालमा प्रचलित रहेका मङ्गोलियन वा जनजातिका संस्कारहरूलाई पनि सहजै अवलम्बन गर्न पुग्यो । उदाहरणका लागि नेपालका मङ्गोलियनहरूलाई दशै पर्व मान्न सिकायो भने मङ्गोलियनहरूले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई दशैमा टिकाका रुपमा अुनसरण गर्‍यो । अहिले वर्णाश्रम र खानपानमा समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समयसापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ ।
प्रागऐतिहासिक कालदेखि नै नेपालमा मानव जातिको बसोबास भएको थियो । नेपालका आर्य खस र मङ्गोल दुवै बाहिरबाट आएर बसेका जाति हुन । मङ्गोलियन जातिको नेपाल प्रवेश मुख्यत: उत्तर र पूर्वोत्तर दिशाबाट भएको देखिन्छ भने खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए । यी मुख्य जातिबाहेक अन्य जातिको अस्तित्व भएतापनि नेपाली समाजको मुख्य धारा निर्माणमा यी दुई मुख्य जातिको भूमिका रहेको देखिन्छ । यी दुई जातिमध्ये नेपालमा मङ्गोलियन जातिको प्रवेश पहिले भएको देखिन्छ ।२६ सांस्कृतिक हिसाबले हेर्दा नेपाली संस्कृति मङ्गोलियन र खस आर्यहरूको मिश्रित संस्कृतिको प्रतिमानका रुपमा उभिएको देखिन्छ । नेपाली संस्कृति कुनै जातिको एक्लो संस्कृति होइन । विश्वका अन्य देशहरूमा जस्तो नयाँ जातिको प्रवेशले सङ्घर्ष तथा एक जातिको प्रवेशले अर्को जातिको सङ्घर्ष नेपालमा भएन ।२७ नेपालमा पहिले प्रवेश गरेका मङ्गोलियनहरूले पूर्वी नेपालमा खसहरूको आगमनलाई खतरामा रुपमा हेरेनन् । खसहरूले पनि मङ्गोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन् । यहाँका आदिवासी, आर्य र मङ्गोलियनका बीचमा ठूलो मात्रामा जातीय सङ्घर्ष भएन । दुवै जातिले प्रारम्भकालदेखि नै एक–अर्काको अस्तित्व स्वीकार्दै मेलमिलाप गरेर बसेको देखिन्छ ।२८ नेपालका यी जातिहरूका बीचमा र अन्य जातिका बीचमा पनि सांस्कृतिक आदान–प्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहदै आएको छ । नेपालको सामाजिक इतिहासमा यो सांस्कृतिक व्यावहारिक तथा मनोवैज्ञानिक सङ्गमलाई नेपाली सामाजिक सभ्यताका रुपमा अरूले पनि मूल्याङ्कन गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया