Advertisement
SKIP THIS
आन्दोलन गर्ने हो भने भ्रष्टाचार ,कमिशन खोर हत्याहिंसा ,अराजकता बिरुद्ध गरौ,बिद्यार्थी साथीहरु

हामी नयाँ जनादेश चाहान्छौं भन्दै सडकमा उत्रिने ओली पक्षीय अनेरास्ववियुले बिपक्षी गठबन्धनलाई निर्दलीय गठबन्धनका पक्षधर भनेर सडकमा उत्रिएर जनता सामु भ्रम छरेर सरकारका गलतीहरु बचाउदै नाटकीय ढंगबाट सताको उन्मादमा केपी निकट अनेरास्ववियु अहिले सडकमा कुनै नैतिकताले आन्दोलन गएछ । सायद हिजो पञ्चायती ब्यवस्थाका बिरुद्ध , निर्दलीय ब्यवस्थाका बिरुद्ध , जनमतसंग्रहको घोषणा गर्ने क्रममा , बि.स २०४६र ४७ को जनआन्दोलनमा होमिएको अवस्था र २०६२ र ६३ को जनअआन्दोलनको सफलता सँगै मुलुकमा संविधान सभाको चुनाव भएको थियो ०६४ चैत २८ गते देशमा खुसीयाली सहित नेपाली जनताकाले अब समृद्धि , सुशासन , राजनीति स्थिरता सहित देश नयाँ अध्यायमा गएको सबै शोषित , उत्पिडत जनसमुदायको उत्थानका नेताहरू एकजुट हुन्छन् भन्ने जनअपेक्षा थियो ।

संबिधान सभाको चुनाव भए सँगै देशमा नयाँ राजनीति श्रृङखला सिर्जना भएको थियो जनयुद्धको नेतृत्व गरेको आएको पार्टी तत्कालीन माओबादी केन्द्रले सरकार बनाएको थियो सरकार र तत्कालीन माओबादी बिच बाह बुदे सहमति सहित शान्तिपूर्ण राजनीतिमा आएर माओबादी नेतृत्वमा सरकार बनेर देशमा लोकतान्त्रिक गणतन्त्रको २०६५ जेष्ठ १५ ले घोषणा हुदै अनेकौं बाधाहरु पन्छाएर तत्कालीन राजनीति दलहरु संविधान निर्माण गर्ने कार्यमा जुटेर पनि पहिलो संविधानसभामा मार्फत संविधान घोषणा गर्न असफल भएर दोसो पटक २०७० मा संविधान सभाको निर्वाचन भएर पुनः राजनीति नया बृतमा प्रवेश भएको थियो नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बनेर एमाले ,माओबादी र मधेसबादी दलहरूको संयुक्तरूपमा सहमतिमा २०७२ असोज ३ गते संबिधान जारी भएर बिश्वको उत्कृष्ट संविधान जारी भएको थियो राजनीति दलहरु , नेपाली जनता र विश्व समुदायले नेपालीको संबिधानलाई भब्य रुपमा स्वागत गरेका थिए जसले संघीयता , लोकतन्त्र , समावेशी र समानुपातिक राज्य ब्यवस्था स्थापन भएर एउटा ऐतिहासिक अवसर प्राप्त गरेको थियो नेपाल र नेपाली जनताले त्यो क्षण नेपालीहरुको लागि एउटा स्वाधीन , स्वाभिमानी र सार्बभौमसत्ता सम्पन्न हामी नेपाल हौं भन्ने सगौरब क्षण थियो ।

बि.स । २०७४ सालमा सबै प्रकारका निर्वाचन भएका थिए स्थानीय , प्र देश र संघीय चुनावहरु त्यसबखत एमाले र माओबादी मिलेर संयुक्त चुनावी घोषणापत्र जारी गएर समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर चुनाव होमिएर बामगठबन्धन करिबकरिब दुई तिहाइ नजिकैको जनमत बटुलेर बिजयी भएको थियो नेपाल जनताको आशा , बिश्वास , भरोसा र स्थिर सरकार बन्छ भने मान्यता थियो सबैको त्यो चाहाना पूरा हुनुपर्छ ५ बर्स सम्म बन्ने सरकारले भन्ने जनमानसमा , अन्य राजनीतिक दलहरुमा र बृद्विजिवीहरुमा करिबकरिब १ बर्स सम्म समृद्धि लागि सरकार अगाडि बढेको थियो केही जनमुखी कामहरु भएका थिए पक्कै पनि ।

चुनावी तालमेल गरेर होमिएका पार्टीहरु एमाले र माओबादी एकता भएर नेकपा भएको थियो जो ज्यादै सुन्दर , दुरगामी र जनताको भावनाको पक्षमा थियो एकता पार्टी एकता सँगै कार्यकर्ताहरु खुसीयाली छाएको थियो समय बित्दै जादा नेकपा भित्रको बिबाद चरम उत्कर्स पुगेको थियो प्रधानमंत्री केपी शर्मा ओली पार्टीका बैठकहरुमा अनुपस्थित हुने , बैठक नबाल्ने , भ्रष्टाचारीहरु सँगै दोस्ती गर्ने , गुटबन्दी र अराजकतामा बढी ध्यानाकर्षण गर्ने पार्टीको बहुमत सदसयहरुको अबमुल्यन गर्ने स्वेच्छाचारी ढंगबाट परिचालन हुदा नेकपाले लिएको समाजबादको नारा माथि ठुलो बज्रपात आयो जसको कारक ओली हुनुहुन्थ्यो पार्टी भित्र यस्ता गतिविधि सञ्चालन गर्ने ओलीले नेकपा मात्र नभएर अन्य बिपक्षी पार्टीहरुलाई पेलेर लिने गरु योजना बनाए आफ्ना कमीकमजोरीहरु ढाकछोप गर्न पार्टी भित्र आपफु बिरुद्ध आफ्फ्नै पार्टीका नेताहरु आफुलाई असफल पार्न षड्यन्त्र गरिरहेका भन्ने झुट्टा लाञ्छना लगाए तेही बिषयमा ओली सरकार हरेक कुराहरू बिबादमा मुछियो ओली सरकारका मंत्रीहरु अनेकौं काण्डमा लिप्त भएर सरकारको बदनाम गरेर जनताको भावना माथि ठुलो तुषारापात गरिरहे ।

कोभिड ( ज्ञढ को सङक्रमणले बिश्व आक्रान्त हुदा समेत सरकारले जनताको स्वास्थ्य माथि गम्भीर खेलवाड गरेर स्वास्थ सामाग्री खरिद प्रकरणमा पनि भ्रष्टाचार , कमिशन र कमशल खालका सामान खरिद गरेर जनताको अधिकार माथि हस्तक्षेप गर्यो कोभिडको डर देखाएर सरकार लम्बाउने खेलमा निरन्तर लागिरहेको सरकारले त्यसको केही महिना पछि संसद बिघटन गरेर जनमतको अपमान गर्यो अदालतमा संसद बिघटन सम्बन्धिको सुनुवाइमा उसले बारम्बार भन्ने प्रश्न थियो मलाई आफै पार्टीबाट असहयोग भयो सरकार बिघटन गरे तर सम्मानित अदालतले संसद पुनःस्थापन गर्यो त्यसपछि बिश्वासको मत लिन किर्ते हस्तान्तरण गरेर राष्ट्रपति समक्ष पुनः प्रधानमंत्री हुन निबेदन गरे त्यो पुरा नहुने अवस्था देखेपछि पुनः मध्य रातमा दोसो पटकपटक संसद बिघटन गरे यस्ता प्रधानमंत्री जोगाउन सडकमा ताजा जनादेशमा जानुपर्छ भनेर नारा , जुलुश र भाषण गर्ने ओली निकट अनेरास्ववियुले अनेरास्ववियुको बिगतको गरिमा दाग लगाएको जो सरासर निन्दनीय छ ।

यदि आन्दोलन नै गर्नु हो भ्रष्टाचार , कमिशनखोर , हत्याहिंसा , अराजकता र बिकास निर्माणकार्य हुने अनियमितताको पक्षमा गरौं चुनौतीका साथ भन्छौं बिपक्षी गठबन्धन बिद्यार्थीहरु अहिले यिनै मुद्दालाई लिएर आन्दोलन छ हामी सँग सहमत हुने हो भने संयुक्त आन्दोलनमा होमिन तयार हौं तर हामी तिमीहरु जस्ता भ्रष्टाचारी शाषकलाइ बचाउने आन्दोलनमा सहभागी के ऐक्यबद्धता गर्नेहरु समेतलाई बहिष्कृत गछौं आजको बिद्यार्थी आन्दोलनले खोजेको सिर्जनशीलता , अनुसन्धान , रचनात्मक र निष्पक्षता र भ्रष्टाचारी शाषक बिरुद्ध एकाकार भएर लड्ने नेतृत्व अपरिहार्य रुपका खोजेको छ ।
शंकर बिष्ट
अनेरास्ववियु अछाम अध्यक्ष तथा केन्द्रीय कमिटी सचिबालय सदस्य

तपाईको प्रतिक्रिया