निराकरण सम्वाददाता अछाम : ढकारी गाउँपालीकाले
स्वास्थ्य सामाग्रि खरिदका लागि बयलपाटा अस्पताललाई आर्थिक सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले अस्पताललाई २ लाख रुपैया आर्थिक सहयोग गर्ने निणर्य गरेको ढकारी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताए ।
कोरोना भाईरसको दोस्रो चरणको महामारी बढ्दै गएकाले जिल्लामा दिन प्रतिदिन कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको र मृत्युदर पनि उच्च रहेकाले अस कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि टेवा पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री खरिदका लागि बयलपाटा अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताए।