Advertisement
SKIP THIS
बाणिज्य संघ अछामको पहलमा बयालपाटा र जिल्ला अस्पताललाई अक्सिजन कन्सनटेटर उपलब्ध

अछाम :उद्योग बाणिज्य संघ अछामको पहलमा बयालपाटा अस्पताल र कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल अछामलाई अक्सिजन कन्सनटेटर उपलब्ध गराएको छ ।

जिल्ला अस्पताल अछामलाई २ थान र बयालपाटा अस्पताल ३ थान गरि जम्म ५ थान कन्सनटेटर अस्पताललाई प्रदान गरिएको उद्योग बाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञराज ढुंगानाले बताए ।

उद्योग बाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र बहादुर कडायतले सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैना मार्फत जिल्ला अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।

गत बर्ष बयालपाटा अस्पतालमा पिसिआर मेसिन खरिदका लागि विभिन्न संघ संस्था,नागरिक समाज ,साफेगर स्थित ब्यापारी तथा विभिन्न समाजसेवि हरु मार्फत करिब ६ लाख रकम संकलन गरिएको थियो । अस्पताल हरुमा अक्सीजनको अभाव सिर्जना हुदै गरेको अवस्थामा कोरोना संक्रमतिहरुको उपचारमा बिषेश सहज पुगोस भन्ने उदेश्य अक्सीजन कन्सन्टेटर सहयोग गरिएको अछाम उद्योग बाणीज्य संघका अध्यक्ष महेन्द्र कडायतले बताए

कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य उपकरणका लागि बिभिन्न दातृ निकाय संग आफुले पहल गरिरहेको उद्योग बाणिज्य संघ अछामका अध्यक्ष कडायतले बताए ।

अहिलेको परिस्थिती एकदमै जटिल छ अध्यक्ष कडायतले भने यस अवस्थामा सबै क्षेत्र जिम्मेवार भएर कोरोनाको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बताए ।

संक्रमितहरुको ज्यान जोगाउन जसरी स्वास्थ्यकर्मी क्रियाशिल छन् त्यसरी नै अरु सबैले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो । साथै उनले अस्पतालमा भर्ना भएका संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया