Advertisement
SKIP THIS
सार्वजनिक निजि साँझेदारीको अवधारणा एवं सम्भावना सम्बन्धी स्थानिय सरकार र निजि क्षेत्र विच अन्तरक्रिया

निराकरण सम्वाददाता अछाम: सार्वजनिक निजि साँझेदारीको अवधारणा एवं सम्भावना सम्बन्धी स्थानिय सरकार र निजि क्षेत्र विच एक दिने अन्तरक्रिया चौरपाटीमा सम्पन्न भएको छ ।

चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा विपन्न वालवालिकामा निजि क्षेत्रको लगानीका विषयमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष साउदले विपन्न वालवालिकालाई गाउँपालिकाको वाल अनुदान कोषबाट सहयोग गर्दै आएको र गाउँपालिकाको साथ साथै निजि क्षेत्रले पनि सहयोग गर्नु पर्नेमा जोड दिए ।

अन्तक्रिया कार्यक्रममा चौरपाटी गाउँपालिका अति विपन्न दुुई वालवालिकालाई अध्ययन तथा जिविको पार्जनका लागि निजि क्षेत्रले आर्थिक सहयोग गरेको छ । वाक नेपाल यूवा शसक्तिकरण बुलगारी परियोजनाको समन्वय तथा निजि क्षेत्रको सहयोगमा चौरपाटी गाउँपालिका वडा नं. ०७ मार्कु स्थित लक्ष्मी आधारभुत विद्यालयका एक छात्र र बैजनाथ मा.वि. पायल एक छात्रलाई दश हजारका दरले सहयोग गरिएको छ ।

लक्ष्मी आ.वि. मार्कुका कक्षा ८ मा अध्ययनरत छात्रलाई डि.के. स्टोर्स साँफेबगरका प्रोपाईटर धर्मेन्द्र बहादुर कुँवरले चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदको हातबाट रकम हस्तान्तरण गर्नु भएको थियोे । यस्तै बैजनाथ मावि पायलका एक छात्रलाई स्वार कन्स्ट्रक्सनका प्रोप्राईटर रवि स्वारले यस अघि नै दश हजार सहयोग गर्नु भएको वाक नेपालका उपाध्यक्ष वल बहादुर केसी जानकारी दिए ।

दुवै वालवालिकालाई अध्ययन र जिविकोपार्जन गर्न अप्ठ्यारो भएको भन्दै वाक नेपालको पहलमा सहयोग गरिएको बताउनुभयो । चौरपाटी गाउँपालिकामा अझै १२ जना अति विपन्न वालवालिका रहेकोले विपन्नमा रहेका वालवालिकालाई निजि क्षेत्रलाई सहयोग गर्न वाक नेपालका उपाध्यक्ष के.सी आग्रह गरे।

अति विपन्न वालवालिकालाई सहयोग गरेको भन्दै वाक नेपाल यूवा शसक्तिकरण बुलगारी परियोजनाले दोय सहयोगीदातालाई दोसल्ला सहित कदरपत्रले सम्मान गरिएको छ । अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा, वाक नेपाल यूवा शसक्तिकरण वुुलगारी परियोजना संयोजक महादेव ओझा, परियोजना सुुपरवाईजर सत्य स्वार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया