लाल बहादुर चदाराः मेल्लेख गाउँपालिकाका आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको नागरिक आरोग्य सेवा केन्द्र अन्तर्गत अाईतबार मेल्लेख गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।
मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्रराज जोशीको अध्यक्षतामा भएको आयुर्वेदिक स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही प्रमुख अतिथि रहेका थिए।
आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष शाहीले मेल्लेख गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेकामा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र अछामलाई धन्यवाद ज्ञापन गरे।
आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गर्नका लागी आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको उपाध्यक्ष शाहले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका डाक्टर गजेन्द्र प्रसाद कुसुहाले दुर्गम ठाउका नागरिकहरूलाई पनि आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागी मेल्लेखमा शाखा बिस्तार गरिएको बताए ।