निराकरण खबर अछाम: नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा ‘क’को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
सोमबार प्रदेश सभापति महेश खड्काको अध्यक्ष्ातामा शुभ दिपावलि छट पर्वको अवसवरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेस अछामका सभापति एवम् अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय पुष्प बहादुर शाह प्रमुख अथिती रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति शाहले चाडपर्वहरुले आपसी भाईचारा एक आपसमा सद्भाव कायम गर्ने बताए । जिल्लामा पार्टीलाई बलियो बनाउदै आन्तरिक मतभेदको अनत्यगरी सबै नेताकार्यकर्ता एकजुट हुदै जनताको हितमा काम गर्न र सकृय भई लाग्नुपर्ने बताए ।पार्टीबाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरुलाई जनताको हितहुने काम गर्न समेत अनुरोध गरे।
कार्यक्रम बिशिस्ट अथिति नि वर्तमान पार्टी सभापति भरत कुमार स्वार , उपसभापति अर्जुन ताम्राकार नेपाली कांग्रेस महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका पदाधिकारी एवम् नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।