Advertisement
SKIP THIS
मेल्लेख आउदै गरेका प्रमुख प्रशासकीय अधिकृत बाटै बाट फर्काईए

अछाम:अछामको मेल्लेख गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृतलाई बीच बाटो बाटै फर्काइएको छ ।

गाउँपालिकामा हाजिर गर्न आएका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलिलाई गाउँपालिकामा आउन नदिन गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाइ पत्र पठाएका थिए ।

गाउँपालिकामा स्थानिय छैटौं स्वास्थ्य सेवा तर्फका हिक्मत बहादुर बुढाले आर्थिक तथा प्रशासनीक काम काज गरिरहेको र दैनिक कामकाज सहजता भएको भन्दै गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत लाई अन्य कार्यालयमा पठाउन मन्त्रालयमा अनुरोध गरेका थिए ।

यता मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय बनेर अछाम आउदै गरेका नवराज ओलिले आफू दैनिक प्रशासनिक कामकाजमा खटिनको लागि अछाम आइरहेको बेला बीच बाटोमा नआउनु भन्ने खबर पाएको बताए ।

मन्त्रालयले पठाइसकेपछी अछामको दुर्गम ठाउँका नागरिक लाई सेवा दिन आउँदा स्थानीय तहका जनप्रतिनिधिले बीच बाटो बाटै कर्मचारी लाई फर्काउनुले कर्मचारी हरुको मनोबल कमजोर पार्ने काम भएको बताए ।

गाउँपालिका अध्यक्षले मन्त्रालयलाई पठाएको पत्रको बारेमा आफुलाई र मन्त्रालयलाई कुनै जानकारी नभएको ओलिले बताए ।

तपाईको प्रतिक्रिया