Advertisement
SKIP THIS
सामाजिक क्षेत्रमा रेडक्रसले गर्ने कार्य महत्त्वपूर्ण छ,मन्त्री खड्का

सुख्खड:सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननिय मेघराज खड्काले युवाहरुलाई अतिरिक्त काममा जोड्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा ३९ औं जिल्ला स्तरीय जुनियर/युवा रेडक्रस गोष्ठीमा प्रमुख आथित्यबाट बोल्दै सामाजिक मन्त्री खड्काले युवाहरु हाम्रो भबिस्य भएको बताए।भोलिका दिनमा आजका युवालाई देशका विभिन्न क्षेत्रमा काम गरेर देशलाई योग्दान दिने रेडक्रस जस्तो सामाजिक संस्थामा लागेर काम गरेकोमा धन्यवाद दिए।

समाजमा रहेका समस्या र बिपद ब्यावस्थापन, जलबायु परिवर्तन, फोहोर मैला ब्यावस्थापन, सामाजिक बिकृति न्युनिकरणमा रेडक्रसले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै मन्त्री खड्काले प्रदेशले पनि सिमित स्रोत साधनका बाबजुद काम गरिरहेको बताए ।

आफ्नो मन्त्रालयले प्रदेशभर नि:शुक्ल रगतका लागि कार्यक्रम अगाडि सारेको, लागत साझेदारमा प्रदेश भरिका महिला शिक्षिकाहरुलाई प्रदेश सरकारले २ हजार र स्थानीय तहले १५ सय दिने गरि कार्यक्रम ल्याएको बताए । प्राविधिक बिषय अध्यायन गर्न चाहने सिमान्तकृत छात्राका लागि छात्रवृत्तिको ब्यावस्था गरेको बताए ।

सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा १ महिना मुनिका बालबालिका लागि मात्रै आईसियु सुबिधा रहेकोमा हाल १ बर्ष माथिका बालबालिकाका लागि समेत सुबिधा थपिएको सामाजिक बिकास मन्त्री खड्काले बताए ।

तपाईको प्रतिक्रिया