Advertisement
SKIP THIS
कुप्रथा अन्त्य र पोषण सुधारका लागि बिभिन्न प्रयास भईरहेका छन्: मन्त्री खड्का

धनगढी: सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले पोषणको अवस्था सुधार गर्न सुदूरपश्चिमका तीन जिल्लामा नौ करोड रुपियाँको बजेट छुट्याएर पोषणयुक्त आहार उत्पादन गरिने बताए ।

हानिकारक प्रथा परम्परा अन्त्य र पोषण सुधारका लागि भए गरेका प्रयास उपलव्धी र चुनौती विषयक सरोकारवालबीचको छलफलमा बोल्दै मन्त्री खड्काले डोटी, बैतडी र कञ्चनपुरमा पोषणयुक्त आहार उत्पादन गरेर ती जिल्लाका बालबालिकालाई पौष्टिकयुक्त आहार वितरण गरिने बताए ।

उनले बाजुरा लगायतका जिल्लामा चर्को कुपोषण रहेको बताउँदै ती जिल्लालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता गर्नुभयो ।

उनले प्रति विद्यार्थी १५ रुपियाँ खाजा खर्च कम भएको बताउदै त्यसलाई बढाउने प्रयास गर्ने पनि बताए । उनले हानिकारक प्रथा परम्परा अन्त्य र पोषण सुधारका लागि पनि विभिन्न प्रयास भइरहेको बताए ।

तपाईको प्रतिक्रिया