Advertisement
SKIP THIS
धनगढी उपमहानगरपालिका सुुदूरपश्चिमको गौरव हो,मन्त्री खड्का

निराकरण खबर धनगढी:सुदूरपश्चिम प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री मेघराज खड्‌काले प्रदेश सरकार नागरिकका आवश्यकता अनुसार स्थानीय तहहरु सँग सहकार्य गर्दै जाने बताएका छन् ।

आईतवार साझँ धनगढी उप-महानगरपालिका क्षेत्र भित्र क्षेत्रीय शहरी विकास आयोजना (RUDP) द्वारा विभिन्न सडक खण्डमा जडान गरिएका सडकबत्तीहरूको समुद्घाटन गर्दै सामाजिक बिकास मन्त्री खड्काले धनगढीको बिकासका लागि मेयर गोपि हमाल अहोरात्र खटि रहेकाले आज सडक बत्ती सञ्चालन हुन सकिएको बताएका छन।

धनगढी उपमहानगरपालिका सुुदूरपश्चिमको गौरवका रुपमा रहेकाले प्रदेशकै एक मात्र उपमहानगरपालिका रहेकाले पनि सुन्दर शहरको रुपमा अगाडी बढाउन जरुरी रहेको,स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकोले नागरिकका स साना समस्याको समाधान गर्ने जनतामा सरकार भएको सकारात्मक प्रभाव पार्न सक्ने बताए ।

प्रदेश सरकारले पनि धनगढी उपमहानगरपालिकाको बिकासका लागि जोड दिएको आफ्नो मन्त्रालयले पनि उपमहानगरपालिका संग शिक्षा, स्वास्थ लगायतका विषयका सहकार्य गर्दै जाने बताए ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीउपमहानगरपालिकाको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकको १० किलोमिटरमा मा ५ सय ५३ वटा सडक लाईट १५ वटा हाई मास्ट लाईट जडान गरिएका छन।

तपाईको प्रतिक्रिया