Advertisement
SKIP THIS
पहिले सडक बनाऔं ,पछि पानी जहाजको कुरा गरौंला:भिम रावल

अछाम:नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री के.पी शर्मा ओलीलाई सामाजिक संजाल मार्फत कटाक्ष गरेका छन् ।

बिभिन्न कार्यक्रम सहभागी भई गृह जिल्ला अछामबाट धनगढी जाने क्रममा सडक अबरुद्धमा भसेपछि रावलले ओलीलाई सामाजिक संजाल मार्फत कटाक्ष गरेका हुन् ।

पहिरोले क्षतबिक्षत भएको सडक माथीको यात्राको भिडियो अप्लोड गर्दै रावलले लेखेका छन् ‘राजमार्गका यस्ता ठाउँ राम्रा बनाअ‍ौं, त्यसपछि पानी जहाजका कुरा गरौं। कसो ? यो धनगढी-डडेलधुरा राजमार्गमा बुढीतोलाको एक ठाउँ हो।’

गएको बर्ष अविरल बर्षाका कारण धनगढी डडेल्धुरा सडक खण्डको बुढितोलामा करिव आधा किलो मिटर सडक भासीएको थियो । कच्चि अस्तव्यस्त सडकका कारण यात्रुले सास्ती खेप्दै आएका छन् ।

https://www.facebook.com/reel/533197259320060/?app=fbl

तपाईको प्रतिक्रिया