निराकरण खबर अछाम:सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनेसगै सरकार गठनको प्रक्रिया पनि सुरु हुने भएको छ । नव नियूक्त मुख्यमन्त्री कमल बहादुर शाहले सपथ लिएसंगै केहि मन्त्रीहरुले पनि सपथ लिएका छन् ।
सोहि क्रममा नेपाली कांग्रेसको तर्फबाट पार्टीका प्रदेश महामन्त्री समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य माननिय मेघराज खड्का प्रदेशको सामाजिक बिकास मन्त्री बनेका छन। ईमान्दारीता त्याग र सर्मपणर्को अर्को रुप मानिने माननिय मेघराज खड्काको राजनितिक यात्रा यस्तो रहेको छ ।
अछाम क्षेत्र नम्बर १ मा तत्कालिन समयमा एकमात्र मावि थियो, महेन्द्र मावि बयालपाटा । सोहि महेन्द्र माविबाट २०३५ सालमा कक्षा ८ को पढाई सुरु गरेका मेघराज खड्काले त्यसको एक वर्षपछि २०३६ सालमा जनमत संग्रहको घोषणा भएलगतै पढाईसँगै राजनीति पनि सुरु सुरु गरेका थिए । बहुदल र निर्दलका पक्षमा जनमतसंग्रह हुँदा बहुदलको पक्षमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन्थे
२०४० सालमा उच्च शिक्षा हासिल गर्न कैलाली बहुमुखी क्याम्पसमा पुगेका खड्का त्यसको डेढ महिनामै कांग्रेसका कार्यक्रममा सहभागी हुँदा प्रहरीको हिरासतमा थुनिन पुगेका थिए । त्यही बेलादेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका खड्काले कांग्रेसमै ४ दशक बिताई सकेका छन ।
खड्काले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०४१ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापति र ०४२ सालमा सभापति भएर काम गरे।
०४२ सालको सत्याग्रहमा साढे चार महिना जेल परेका खड्का पटक-पटक प्रहरी हिरासतमा थुनिए । विद्यार्थीको सक्रिए राजनीतिसँगै अछाम फर्केका खड्का २०४६ सालको जनआन्दोलनमा अछाममा चरम यातनासहित प्रहरी हिरासतमा परे । पार्टीको संगठन निर्माणदेखि विभिन्न आन्दोलनमा सहभागी हुँदै निरन्तर राजनीतिमा सक्रिए खड्का २०४८ सालमा नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिती सदस्य भए।
२०५३ मा भएको नेपाली कांग्रेस पार्टीको ९ औं र १० औं महाधिबेशनबाट महाधिवेश प्रतिनिधि हुँदै महासमिती सदस्य भएका खड्का ११ औं महाधिवेशनमा २०६२ देखि २०६७ सम्म नेपाली कांग्रेस अछामको सभापति भए। त्यसयता भएका १२ औं र १३ औं महाधिवेशनमा उहाँ लगातार महासमिती सदस्य बनेका खड्का १४ औं महाधिवेशनबाट हालसम्म महासमिती सदस्य हुँदै कांग्रेस सुदूरपश्चिम प्रदेशको महामन्त्री रहेका छन । यो बीचमा खड्का २०५४ सालमा जिल्ला विकास समिती अछामको सदस्यमा समेत निर्वाचित भएका थियौँ । ०५४ देखि ०५९ सम्म उनले तत्कालिन जिल्ला विकास समितीको सदस्य भएर काम गरे । त्यो बेला आफ्नो क्षेत्रमा विकास निर्माणका महत्वपूर्ण काम गरेका खड्का जनतामाझ लोकप्रिय हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेश भरीमै सबैभन्दा बढि मतान्तरले प्रदेश सभा सदस्यमा विजयि बनेका खड्का द्रोस्रो पटक कांग्रेसले प्रदेशको नेतृत्व गरेपछि सामाजिक बिकास मन्त्री बनेका हुन।
पदमा हुँदा पनि नहुँदा पनि निरन्तर अछामको विकास र समृद्धिका लागि सक्रिए रुपमा लागेका खड्कले इमानदारी निष्ठावान र सरल राजनीतिकर्मीको छवि बनाएका छन् ।