Advertisement
SKIP THIS
सुदूरपश्चिममा भागबन्डा मिल्यो, यी बन्दै छन् मन्त्री

निराकरण खबर अछाम:सुदूपश्चिममा सरकारमा सहभागी हुने दलहरूको भागबन्डा मिलेको छ।काङ्ग्रेसको भागम मुख्यमन्त्री,आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेका छन।भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय नागरिक उन्मुक्ति पार्टीले पाउने भनेको छ ।काङ्ग्रेसले मेघराज खड्का बहादुर सिंह थापालाई मन्त्री बनाउने भएको छ ।

एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की यस अघि मन्त्री भएका थिए । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने तयारी गरेको छ ।कांग्रेसबाट गीत चौधरी र एमालेबाट निर्मला साउँद राज्यमन्त्री बन्दै छन् ।

तपाईको प्रतिक्रिया