निराकरण खबर अछाम:अछाममा छुट्टाछुट्टै स्थानबाट ३ जना लागू लागूऔषध कारोवारि प्रकाउ परेका छन् । बिहिवार बेलुका अस्थायी प्रहरी पोष्ट ठुलासेनबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला अछाम मंगलसेन नगरपालिका वडा नं. ६ ठुलासैनबाट एक जनालाई प्रकाउ गरेको छ।
ठुलासैनको सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ स्थायी घर भई मंगलसेन बजारमा बस्ने २३ बर्षिय अरुण जंग टेलरलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकार प्रहरी निरिक्षक जय पार्किले बताए ।
उनलाई तलासी गर्ने उनको साथबाट १.५४० ग्राम लागूऔषध (चरेश) जस्तो देखिने कालो ठोस पदार्थ फेला परेको हुँदा रित पुर्वक बरामद गरि निजलाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
यस्तै बिहीबार बेलुका नै जिल्लाको गैरीटाड बजारबाट पनि २ जना लागुऔषध सहित पक्राउ परेका छन् । कमलबजार नगरपालिका वडा नम्बर ५ कुईका घर भई वडा नम्बर ६ गैरीटाड बजारमा पसल सञ्चालन गर्दै आएका ६७ वर्षिय गोरे चलाउने र वडा नम्बर ६ बिरपथ घर भई गैरीटाड बजारमा खुद्रा पसल सचालन गर्दै आएका ५९ वर्षिय कलम शाही पक्राउ परेका हुन् ।
उनीहरु दुवै जनाले लागुऔषधको ओसारपसार र कारोवार गरीरहेको सुचनाको आधारमा खानतलासी गर्दा चलाउनेको साथबाट लागुऔषध चरेस जस्तो देखिने ठोस पदार्थ १ सय ३२ ग्राम र शाहीको साथबाट चरेश १ सय १४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट गैरीटाड र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई लागुपदार्थ सहित पक्राउ गरेको हो । उनीहरु दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको अछाम प्रहरीले जनाएको छ ।