Advertisement
SKIP THIS
धनगढी आईरहेको प्लेनकी एयर होस्टेसलाई जिस्काउँदा लाग्यो हतकडी ।

काठमाडौं:धनगढी उडानको क्रममा श्री एयरलाइन्सको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

ओझा सीट नम्बर १ मा बसेका थिए । जहाँ एयर होस्टेसको सीट अगाडी हुन्छ । आफूतिर फर्किएर बसेकी एयर होस्टसलाई उनले जिस्काएका थिए । पटक–पटक आग्रह गर्दा पनि उनले नमानेपछि एयर होस्टेसले क्याप्टेनलाई खबर गरेकी थिइन् ।

क्याप्टेन सुगम घिमिरेले घटनाबारे नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई जानकारी गराए । प्राधिकरणले प्रहरीलाई सूचित गरेपछि विमान अवतरण हुनासाथ ओझालाई पक्राउ गरिएको हो ।

श्री एयरलाइन्सका धनगढी स्टेसन म्यानेजर गजेन्द्र शाहीका अनुसार, ओझाले सुरुमै सिटबेल्ट लगाउन मानेनन् र एयर होस्टेसलाई जिस्क्याउन थाले । उनले सीटको ह्यान्डलमा खुट्टा राखेर ग्यालरीमा हिँड्न असहज पार्ने हर्कत गरे । एयर होस्टेसले पानी दिन आउँदा खुट्टा अड्याउने जस्ता हर्कत गरे ।

हाल ओझालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया