Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाले समेत दिएन बयालपाटा अस्पताललाई छुट्याएको १ करोड

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिकाले समेत दिएन बयालपाटा अस्पताल छुट्याएको १ करोड दिएन ।नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि साँफेबगर नगरपालिका ७ रिडिकोटमा रहेको बयालपाटा अस्पताललाई १ करोड बजेट बिनियोजन गरेको थियोे ।

संघ सरकारले समयमै नगरपालिकालाई बजेट नदिदा अस्पताललाई दिन नसकिएको साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताए ।नगरपालिकाले दिन नसकेको १ करोड रकम यश आर्थिक बर्षमा दायित्व सारिएको र यश बर्ष २०८१/०८२ मा भुक्तानी दिने नगर प्रमुख कुँवरले बताए ।

सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको अस्पताललाई सुदूरपश्चिम सरकारले समेत गत आर्थिक बर्षमा बजेट बिनियोजन गरेको थिएन ।गैरसरकारी संस्था न्याय हेल्थको आर्थिक सहयोग सञ्चालन भईरहेको अस्पताल कोरोना महामारी पछि दाताले सहयोग रकम कटौती गरेपछि आर्थिक संकटबाट गुर्जिरहेको छ।अस्पताल बिशेषज्ञ सेवा सहित कर्मचारी कटौती गर्दै आएको छ।

तपाईको प्रतिक्रिया