निराकरण खबर अछाम:लगातार ४ दिन सम्म परेको बर्षाको कारण अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनी सेलपाखामा पहिरोको उच्च जोखिममा रहेका ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
आईतवार चौरपाटी गाउँपालिकाले खप्तड गुल्म साँफेबगर बाट गएको ससस्त्र प्रहरीबल र नेपाल प्रहरीको सहयोगमा जोखिममा रहेका परिवारलाई नजिकैको सामुदायिक स्वास्थ्य इकाईमा सुरक्षित बासको लागि व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।साथै विस्थापित परिवारलाई गाउँपालिकाले अध्यक्ष भीमबहादुर साउँले त्रिपाल उपलब्ध गराएको छ।