Advertisement
SKIP THIS
नागरिक उन्मुक्तिको संसदीय दलको नेताबाट रञ्जितालाई हटाईयो

कैलाली:नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्दीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई बहुमतले दलको नेताबाट हटाउँदै गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्।

चौधरी यस अघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालाबिर चौधरीलाई निर्णय भएको छ । लालबिर चौधरी रेशम चौधरीका बुवा हुन्।

नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्।

गङ्गा चौधरी, अरुण चौधरी र लालाविर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरी जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन।

दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरुले शीर्ष नेताहरुलाई जानकारी गराइसकेका छ।

तपाईको प्रतिक्रिया