Advertisement
SKIP THIS
अछाममा एसइईमा २८.८५ प्रतिशत उतिर्ण

निराकरण खबर अछाम:अछाम जिल्लामा एसईइमा २८.८५ प्रतिशत उतिर्ण भएका छन् ।बिहिवार परिक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० को एसईइ परिक्षामा २८.८५ प्रतिशत अर्थात् १४ सय १४ उतिर्ण भएका शिक्षा इकाई कार्यालय अछामले जनाएको छ।

अछाममा २०८० को एसईइ परिक्षामा सामान्य र प्राविधिक तर्फबाट कुल ४ हजार ९ सय बिधार्थी सहभागी भएका थिए ।

जसमध्येबाट ३:६० जिपीय देखि ३.८२ जिपीय ल्याउनेमा १० सामान्य १ प्राविधिक गरि ११ जना,३:२० जिपीय देखि ३.५९ जिपीय ल्याउनेमा ९५ सामान्य २० प्राविधिक गरि १ सय १५ जना,२:८० जिपीय देखि ३.१९ जिपीय ल्याउनेमा ४ सय २८ सामान्य ७६ प्राविधिक गरि ५ सय ४ जना उतिर्ण भएका छन ।

यस्तै २.४० जिपीय देखि २.७९ जिपीय ल्याउनेमा ६सय ९७ सामान्य ३० प्राविधिक गरि ७ सय१७ जना, २.००जिपीय देखि २.३९ जिपीय ल्याउनेमा ६७ जना रहेका छन।

यस्तै सामान्य तर्फ ३ हजार ४ सय ४४ र प्राविधिक तर्फका ४२ जना गरि कुल ३ हजार ४ सय ८२ जना अनुत्तीर्ण भएका छन।

तपाईको प्रतिक्रिया