Advertisement
SKIP THIS
सुदूरपश्चिम सरकारले बयालपाटा अस्पताललाई बजेट दिएन

अछाम:सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पताललाई बजेटमा उपेक्षा गरेको छ ।

शनिवार प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्र पालद्धारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा बयालपाटा अस्पतालका लागि बजेट बिनियोजन गरिएन ।

अछामबाट निर्बाचित प्रदेश सभा सदस्य मेघराज खड्काले प्रदेश सरकारले बयालपाटा अस्पताललाई बजेट बिनियोजन नगरिएकोमा आपत्ती जनाए । खड्काले भने, देशभरीमै उत्कृष्ट स्वास्थ्य उपचार सेवा दिदै आएको बयालपाटा अस्पताललाई उपेक्षा गर्नु दुर्भाग्यपूर्ण हो ।

तपाईको प्रतिक्रिया